![]()
शिक्षा मन्त्रालयले एसइई परीक्षा पूर्वनिर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । न्त्रालयले विज्ञप्ती निकालि एसइई परीक्षा आउँदो चैत ६ गतेदेखि नै सुरु हुने जनाएको हो ।मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई उल्लेख
गर्दै केही संचारमाध्यम र सामाजिक सञ्जालहरुमा परीक्षा सरेको भन्ने समाचार आएको भन्दै खण्डनसमेत गरेको छ । एसइई परीक्षाका विषयमा कुनै पनि भ्रममा नपर्न मन्त्रालयले अभिभावक र विद्यार्थीहरुमा आग्रह गरेको छ । यस अघि मन्त्रालयले सूचना जारी गर्दै विद्याालयस्तरीय परीक्षा आगामी चैत ५ गते भित्र सक्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । naya patrika