कोरोनाभाइरस : फर्कन लागेका पर्यटकलाई भारत नाकामा रोक

Loading

pnews.com.np : भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका कोरोनाभाइरस प्रभावित मुलुकका नागरिकलाई सोही मार्ग हुँदै फर्कन भारतले प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धका कारण त्यही बाटो हुँदै फर्किने गरी नेपाल आएका सयौँ पर्यटकहरूले अनपेक्षित झमेला बेहोर्नु पर्ने अवस्था आएको नेपाली अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरस: खोप कहिले बन्ला कोभिड-१९ सङक्रमणबारे संसद‍्मा जरूरी सार्वजनिक प्रस्ताव  काठमाण्डू जान सुझाव : नेपाल घुमेर भारतको बाटो हुँदै आफ्नो देश फर्कन लागेका केही पर्यटकहरूलाई भारतीय अध्यागमन कार्यालय सुनौलीले भारत प्रवेशमा रोक लगाएपछि ती पर्यटकहरूलाई काठमाण्डू पठाइएको अध्यागमन कार्यालय वेल्हियाका प्रमुख गिरिराज खनालले बताए । उनले भने, “भारतले नेपाल आउने पर्यटकलाई धमाधम पठाइरहेको छ।

“तर यताबाट भारत जान हिँडेका कोरोनासङ्क्रमित मुलुकका पर्यटकलाई भने त्यहाँको अध्यागमन कार्यालयले नेपालतर्फ नै फर्काइदिएको छ ।” “त्यहाँबाट फर्काइएका पर्यटकलाई हामीले काठमाण्डू जान सल्लाह दिएका छौँ,” उनले थपे । नेपाल पस्ने क्रम जारी अध्यागमन कार्यालयको रेकर्डमा वेल्हिया नाकाबाट मात्रै गत पाँच दिनको अवधिमा कोरोनाभाइरस प्रभावित चीन, दक्षिण कोरिया, जापान र इटली लगायतका मुलुकका करिब ७० जना पर्यटकहरू नेपाल प्रवेश गरेका छन् । भारतीय अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार नेपाल पसिसकेका त्यस्ता मुलुकका पर्यटकहरू अब स्थलमार्गबाट भारत प्रवेश गर्न पाउने छैनन् । ती अधिकारीले भारत सरकारले उनीहरूको प्रवेश अनुमतिपत्र पनि रद्द गरिसकेको बताए । सरकारले अति आवश्यक कामको लागि सम्बन्धित मुलुकका दूतावाससँगको सहमतिमा बाहेक सङ्क्रमित मुलुकका नागरिकलाई भारत प्रवेश दिने काम अहिलेलाई स्थगित गरेको आफ्नो नाम उल्लेख नगर्न भन्दै ती अधिकारीले बीबीसीलाई बताए ।

नेपालमा १० मार्चदेखि रोकिने वेल्हियाबाहेक नेपालका अरू केही ठूला नाकाहरूबाट पनि भारतको बाटो हुँदै तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउने गर्छन् । अध्यागमन प्रमुख खनालले त्यस्ता पर्यटकहरू अब उच्च सतर्कता भएको क्षेत्रबाट मात्र फर्कन सक्ने विश्वास व्यक्त गरे । उनी भन्छन, “उनीहरूलाई आफ्नो गन्तव्यमा पुग्न त पर्‍यो नै, तर त्यसको लागि उनीहरूलाई थप झमेला आइलाग्न सक्छ ।” भारतले कोरोना सङ्क्रमित मुलुकका नागरिकको लागि यसै सातादेखि प्रवेश अनुमतिमा कडाइ गरेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । नेपालले भने आउँदो साता अर्थात १० मार्चदेखि मात्र कोरोनाभाइरस प्रभावित मुलुकका नागरिकलाई नेपाल भित्रिने बेलामा लिन पाइने ‘अन अराइभल भिसा’ दिने काम स्थगन गर्ने सूचना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको छ । bbc

Leave a Comment