झापामा तरीका परिबर्तन गरि फस्टाएको यौन धन्दा

Loading

पछिल्लो समय झापामा घर भाडामा लिएर यौनधन्दा सञ्चालन हुन थालेको पाइएको छ । होटेलमा यौन व्यवसाय सञ्चालन गर्दा असुरक्षित हुने भएपछि घर भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने क्रम बढेको हो । यौनधन्दाका लागि सिंगो घर नै भाडामा लिन थालिएको प्रहरीले जनाएको छ । होटेलमा निगरानी बढाएसँगै व्यवसायीले शैली बदलेका हुन् । घर भाडामा लिएर यौनधन्दा गरेको सूचना निरन्तर आउन थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए । ‘हामीले होटेलतिर निगरानी बढायौँ । त्यसकारण उनीहरूले शैली बदलेका छन्,’ एसपी कोइरालाले भने, ‘अरू पनि सूचना आएका छन् । प्रमाण नपुगी समात्दा मुद्दा चलाउन मुस्किल हुन्छ । केही समय पर्खेर प्रमाणसहित मुद्दा चलाउँछौँ ।’

दुई पक्राउ, एक फरार : यौनधन्दाको रहस्य खुलेपछि पूर्व–पश्चिम राजमार्गदेखि दुई सय मिटरमा रहेको उक्त घरमा प्रहरीले छापा मा-यो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी पोखरेलका अनुसार पक्राउ पर्नेमा सूर्य सिवाकोटी, हरि घिमिरे र दीपक अधिकारी छन् । एकजना फरार रहेको उनले बताए । कोठीजस्तै गरेर उनीहरूले यौनधन्दा चलाएको उनले बताए । उक्त घरबाट उद्धार गरिएका दुई युवती मोरङकी २० वर्षीया शर्मिला (नाम परिवर्तन) र भक्तपुरकी २१ वर्षीया उर्मिला (नाम परिवर्तन) हुन् । उनीहरूकै जाहेरीका आधारमा प्रहरीले उनीहरूविरुद्ध मानवबेचबिखन मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

ती युवतीले आफूहरूलाई दबाबमा राखेर यौनधन्दामा लगाएको प्रहरीसमक्ष बयान दिएका छन् । ‘उनीहरूलाई बाध्य बनाएर यौनधन्दामा लगाएको पायौँ । सञ्चालकले उनीहरूलाई दिनमा आठजनासँगसम्म बसाउने र एकजनाबाट २५ सयसम्म लिने गर्दा रहेछन् । ती युवतीलाई एकदमै न्यून ज्याला दिँदा रहेछन्,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कोइरालाले भने, ‘ती युवतीले पैसा माग्दा हाम्रो प्रहरीसँग राम्रो चिनजान छ । तिमीहरूकै बदनाम गर्दिन्छौँ भन्दै धम्क्याउँदा रहेछन् । ती युवतीमाथि शोषण नै भएको रहेछ ।’ उद्धार गरिएका दुई युवतीलाई पुनस्र्थापनका लागि काठमाडौं पठाइने डिएसपी पोखरेलले बताए । काठमाडौंमा उनीहरूलाई जीवनयापनका लागि तालिम दिइने उनले बताए ।

दुई युवती पक्राउपछि खुल्यो रहस्य : मेचीनगर-७ प्यारीभट्टामा चारतले घर भाडामा लिएर यौनधन्दा सञ्चालन गर्नेलाई प्रहरीले पक्राउ गरेपछि शैली बदलेर यौनधन्दा सञ्चालन हुन थालेको खुलासा भएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलका अनुसार कोठी सञ्चालन गरेजस्तै ढंगबाट यौनधन्दा सञ्चालन गरिएको बताए । ‘यो त मिनी कोठीभन्दा फरक पर्दैन । नेपालमा यस्तो त कमै हुन्छ,’ उनले भने, ‘त्यो घरमा यौन व्यवसायका लागि आएका युवती तथा महिलालाई दिनभर त्यहाँ राखिने र रात परेपछि ग्राहकसँग होटेलमा पनि पठाइने रहेछ । एक रातको पाँच हजारभन्दा बढी लिने र महिलालाई २५ सय मात्र दिने गर्दा रहेछन् ।’ गत बुधबार बिहान बसपार्क क्षेत्रमा दुई युवती देखिए ।

गस्तीमा रहेको प्रहरीले शंका लागेर उनीहरूसँग सोधपुछ ग¥यो । सुरुमा उनीहरूले केही बताउन चाहेनन् । तर, प्रहरीले केरकार गरेपछि उनीहरूले आफूहरू यौन व्यवसायमा रहेको स्वीकार गरे । ती महिलाले मेचीनगर–७ प्यारीभट्टामा नयन बरालको चारतले घरमा यौनधन्दा हुने गरेको खुलाए । घरमा १६ कोठा छन् । सञ्चालक यसलाई होटेल भन्छन् । तर, घरमा न होटेलको ब्यानर छ, न त कतै होटेल दर्ता नै छ । यहाँ यौनजन्य क्रियापकलापका लागि जानेलाई मात्र प्रवेश दिइन्थ्यो । उनीहरूलाई खानाको पनि व्यवस्था गरिन्थ्यो । savar naya patrika 

Leave a Comment