आन्दोलनमा ऐक्यबद्धता जनाउने आम आदमी पार्टीको निर्णय

Loading

लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्धमा मधेशी, जनजाती, दलित, थारु, पिछडिएकोवर्ग, क्षेत्र सम्मिलित सरोकारवालाहरुको मण्डलामा भई रहेको निरन्तर आन्दोलनलाई आम आदमी पार्टीले समर्थन गरि ऐक्यबद्धता जनाएको छ ।
प्रादेशिक हकलाई कटौती गरि, समावेशीको मर्मलाई कुल्चिएर केन्द्रीयता लाद्ने लोक सेवा आयोगको बदनियतीलाई प्रष्ट्याउँदै सरोकारवालाले प्रिंट मीडियामार्फत प्रमाणिक रुपमा अनेकौं लेख प्रकाशित गरि सरकारको ध्यानाकर्षण गराएपनि लोक सेवा आयोगको छनौट प्रक्रिया बन्द नभएकोले मण्डलाको संघर्ष निरन्तर रुपमा चलि रहेको छ ।
आम आदमी पार्टीका केन्द्रीय समितिले नैतिक रुपमा समर्थन गर्न अनिवार्य ठहर गरेको छ । सोही अनुसार केन्द्रीय समितिको बैठकले आन्दोलनमा आम आदमी पार्टीको ऐक्यबद्धता जनाउनेबारेको निर्णय गरेको छ । साथै आन्दोलनमा पार्टीको सहभागिता रह्ने कुरा पनि आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अशोक यादबले जनाएको छ ।

Leave a Comment