![]()
देशको विभिन्न भागमा अविरल वर्षाका कारण धनजन को अपार क्षति भएको छ । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी तथा जनपद प्रहरीको संलग्नता रहेपनि सरकारको तर्फवाट राहत कार्यमा कुनै पहल नदेखिएकोले यस विपदको घडीमा आम आदमी पार्टीले पीडितलाई राहत वितरण गर्ने केन्द्रीय बैठकद्वारा यही आषाढ २८ गते निर्णय गरेको छ । साथै अरु पनि संघ÷संस्थालाई राहत वितरणका लागि आम आदमी पार्टीले अनुरोध पनि गर्दछ ।
राहत सामग्री संकलन र वितरण गर्न आम आदमी पार्टीका केन्द्रीय सदस्य नन्दकिशोर साहलाई केन्द्रीय समितिले सम्पूर्ण अधिकार सुम्पेको छ । जिल्ला पार्टीलाई स्थानीय स्तरमा अरु संघ÷संस्थासंग समन्वय गरि यथाशक्ति राहत कार्यमा भाग लिन आम आदमी पार्टीका केन्द्रीय अध्यक्ष अशोक यादबले निर्देशन पनि गरेको छ । साथै केन्द्रबाट जाने राहत सामग्री वितरण कार्यमा जिल्ला कार्यकर्ताले सहयोग गर्ने निर्देशन गरिएको छ ।