![]()
peoples News : चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७०,००० भन्दा बढी कोभिड-१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो । उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको सङ्केत गर्छ । मङ्गलवार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो ।
-
‘अब देशसँग कुनै गुनासो छैन’: चीनबाट उद्धार गरिएका नेपालीको एक महिनाको अनुभव
-
चीनबाट नेपाल फर्कन बस चढ्दै गरेका नेपालीमध्ये कोही रोमाञ्चित, कसैमा बेचैनी
एक्काउन्न वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए । कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् ।
वुहान भएको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा खराब स्तरमा फैलिएको छ । चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र ०.४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । उक्त अध्ययनले समग्रमा कोभिड-१९ को मृत्युदर २.३ प्रतिशत रहेको जनाएको छ ।
कोरोनाभाइरसको सङ्क्रमणमा मृत्युदर
| उमेर | मृत्युदर |
|---|---|
| ०-९ वर्ष | ०% |
| १०-३९ वर्ष | ०.२०% |
| ४०-४९ वर्ष | ०.४०% |
| ५०-५९ वर्ष | १.३०% |
| ६०-६९ वर्ष | ३.६०% |
| ७० वर्षमाथि | ८% |
स्रोत: सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन मङ्गलवार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्याङ्कले ७२,४३६ सङ्क्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएको जनाएको छ । अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन सङ्क्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ।
अध्ययनले के भन्छ?
सोमवार प्रकाशित तथ्याङ्क चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित भएको हो।त्यसमा चीनभर फेब्रुअरी ११ सम्म पुष्टि भएका, शङ्का गरिएका र कुनै संङ्केत नदेखिएका तर कोभिड-१९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ।
-
चीनमा कोरोनाभाइरसबाट ज्यान गुमाउने र बिरामी हुनेको सङ्ख्या ह्वात्तै बढ्यो
-
कोरोनाभाइरस प्रकोप अन्त्यको अनुमान गर्न ‘निकै छिटो’ हुने
उक्त अध्ययनले भाइरस र सङ्क्रमणको फैलावटबारे विगतकै व्याख्यालाई पुष्टि गरेको छ।अध्ययनमा ४४,६७२ वटा सङ्क्रमणका घटनाको विस्तृत विवरण समावेश छ । उक्त अध्ययनका केही निष्कर्ष निम्न बमोजिम छन्:
-
झन्डै ८०.९ प्रतिशत सङ्क्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३.८ प्रतिशतलाई कडा र ४.७ प्रतिशतलाई संवेदनशील भनिएको छ।
-
८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४.८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ।
-
९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर ०.२ प्रतिशत रहेको छ ।
-
त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमश: बढ्दै गएको देखिएको छ। ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य ०.४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १.३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३.६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ ।
-
लैङ्गिक अनुपातमा पुरुष (२.८ प्रतिशत) भन्दा महिला (१.७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ ।
-
बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ। त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ ।

कोरोनाभाइरसबारे थाहा पाउनुपर्ने पाँच कुरा उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण देखिएको र त्यसमध्ये फेब्रुअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ ।
