घुस काण्ड सिडिओले जिल्ला छोडे

Loading

peoples News ktm : घुस काण्डामा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले चौतर्फि आलोचना भएपछि शुक्रबार जिल्ला छाडेका छन् । सार्वजनिक अपराधको मुद्दामा रिजालले तीन जनासँग १ लाख २५ हजार रुपैयाँ असुलेको खुलासा भएपछि गृह मन्त्रालयले उनलाई दोलखको सिडियोबाट हटाएको छ ।

नेपाल तरुण दलले पनि शुक्रबार घुस्याहा सिडियोले जिल्ला नछाडे कालोमोसो दल्ने भन्दै प्रदर्शन गरेको थियो । उनी बिहान ११ बजे जिल्लाबाट हिँडेका हुन् ।

रिजालले जिल्ला छाडेपछि सुदर्शन श्रेष्ठले निमित्त सिडिओको जिम्मेवारी पाएका छन् । रिजालले जिल्ला छोडेपछि यस अघि पनि उनले असुलेको घुस काण्ड सार्वजनिक हुन थालेको छ । गत असोजमा दोलखाको विगु गाउँपालिकामा एक स्वास्थ्यकर्मी र स्थानीय महिलाको झगडा रिजालले चार लाख असुलेको भन्दै पीडितहरु गृह मन्त्रालय जाने तयारीमा लागेका छन् ।

विगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीब ओलीले रिजालले जिल्ला छाडेपछि पीडितले गृह मन्त्रालय पुगेर घुस वापत लिएको रकम असुल्ने तयारी गरेको बताए । naya patrika

Leave a Comment