![]()
peoples News ktm : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा शनिबार बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
कांकडभिट्टादेखि काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा झापाको तोपगाछी–७ का ४२ वर्षीय खड्गनारायण श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

श्रेष्ठ गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए । naya patrika