राष्ट्रिय अनुसन्धानका कर्मचारी विरुद्ध मुद्दा

Loading

Peoples News काठमाडौं : राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, सप्तरीका गुप्तचरका कर्मचारी (सूचक) धर्मेन्द्रकुमार झाविरुद्ध मुद्दा दायर गरिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सीमा नाका हेर्ने गरी खटिएका सूचक झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरिदिने भन्दै घुस लिएका थिए ।

अख्तियारले सेवाग्राहीसँग ५ हजार घुस लिने झाविरुद्ध भ्रष्‍टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । annapurna post

Leave a Comment