![]()
Peoples news : काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार राति अस्ट्रेलियाबाट आएका गैरआवासीय नेपाली रमेशकुमार थापाले अध्यागमन विभागको काउन्टरमा तोडफोड गरे । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएपछि अध्यागमन विभागले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । त्यसको भोलिपल्ट जनकपुर विमानस्थलमा राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोदकुमार साहले बुद्ध एअरको काउन्टरमा तोडफोड गरेको खबर सार्वजनिक भयो । साहलाई मङ्गलवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
‘भारत ईयूको कालोसूचीमा छैन, नेपाल मात्र किन?’
हेलिकप्टर आपत्कालीन अवतरणबारे उड्डयन प्राधिकरणको प्रश्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महनिरीक्षक शैलेश थापाका अनुसार धनुषा प्रहरीको आग्रहमा साहलाई पक्राउ गरिएको हो ।
जनकपुरको घटनामा त्यहाँस्थित विमानस्थल प्रमुखले सोमवार जिल्ला प्रहरी कार्यालयमा साहलाई पक्राउ गर्न निवेदन दिएका थिए । दुवै घटनाले नेपालको विमानस्थल सुरक्षामा जोखिम बढेकोतर्फ सङ्केत गरेको भन्दै उड्डयनविज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कतिपयले चाहिँ ‘यस्तो गतिविधिमा कस्तो कारबाही हुन्छ’ भन्ने चासो राखेका छन् ।
दण्डनीय
उड्डयनविज्ञहरूका अनुसार विमानस्थलमा हुने यस्ता गतिविधिलाई नेपालको कानुनले दण्डनीय मानेको छ ।
त्यसैले ती गतिविधिमा संलग्न व्यक्ति जोसुकै भए पनि तत्कालै कानुनले तोकेको कारबाही गर्नुपर्ने उनीहरू बताउँछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर भन्छन्, “यस्ता प्रवृत्तिलाई प्रोत्साहन गर्नु हुँदैन, कारबाही गर्नुपर्छ ।” उनका अनुसार नेपालको कानुनले मात्र नभई नेपाल पक्ष भएका नागरिक उड्डयनसम्बन्धी सन्धि, महासन्धि र सम्मेलनबाट पारित घोषणापत्रहरूले पनि यस्ता गतिविधिलाई बन्देज लगाएका छन् । “विमानस्थल क्षेत्रभित्र प्रवेश गरेपछि त्यहाँको सुरक्षा समितिले र विमानमा जाने क्रममा विमान चालकले तत्कालै यात्रामा रोक लगाउन पाउने व्यवस्था छ,” उनले भने।
आन्तरिक विमानस्थलमा यात्रुको सामान अब बेल्टमा
कानुनी व्यवस्था गैरसैनिक हवाई उडान ऐनमा विमानस्थल क्षेत्रभित्र यस्ता कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । ‘हेलिकप्टरको गाँठो’का कारण नेपाली विमानसेवा अझै ईयूको कालो सूचीमा
बीस लाख पर्यटक भित्र्याउने लक्ष्यमा विद्यमान अवरोध ऐनको दफा ९ (च) मा “विमानस्थल तथा विमानस्थल क्षेत्रभित्र वा बाहिर” रहेका उपकरणहरू र मालसामान तोडफोड गरे “विमानस्थल सुरक्षाविरुद्धको अपराध गरेको मानिने” उल्लेख छ । उक्त दफाअनुसार त्यस क्षेत्रका कुनै उपकरण वा मालसामानलाई “कुनै पनि प्रकारले पूर्ण वा आंशिक रूपमा बिगारे, भत्काए, क्षति पुर्याए वा नष्ट गरेमा” अपराध मानिने लेखिएको छ । यस्तो कार्य गर्नेलाई “नोक्सानी बिगो भराई निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद हुने” ऐनमा व्यवस्था छ । विमानस्थलमा हुने हुलहुज्जतमा सोही ऐनअनुसार कारबाही अघि बढ्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले बताए।
“विमानस्थलमा हुने अनधिकृत गतिविधिहरूमा यो ऐनअनुसार नै कारबाही हुन्छ,” उनले भने । अध्यागमन कानुनअनुसार कारबाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनको काउन्टरमा तोडफोड गर्ने थापालाई उड्डयन कानुनअनुसार कारबाही अघि नबढाइएको अधिकारीहरूले बताएका छन् । अध्यागमनको काउन्टरमा तोडफोड गरेकाले उनलाई अध्यागमन कानुनअनुसार कारबाही अघि बढाइएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताएका छन् । “हामीले अहिले उहाँलाई अध्यागमन कानुनअनुसार नै हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौँ,” उनले भने । पौडेलका अनुसार अध्यागमन कानुनअनुसार महानिर्देशकले हुलहुज्जत गर्नेलाई अधिकतम ५० हजारसम्म जरिबाना लिन सक्ने व्यवस्था भएकाले त्यसैअनुसार कारबाही हुने बताए । “गम्भीर प्रकृतिका घटनामा विदेशी नागरिक भए देशनिकाला गर्ने व्यवस्था पनि छ,” उनले भने । BBC