![]()
Peoples News साङ्लो मार्ने उत्तम विधि थाहा पाउन चाहनुहुन्छ ? सबैभन्दा पहिले साङ्लाको मस्तिष्कमा पुग्नेगरी शक्तिशाली न्यूरोटोक्सिनको सुई दिनुहोस्। त्यसपछि ऊ हलचल गर्न सक्दैन र तपाईँले चाहे जस्तै हुन सक्छ । दोस्रो, तपाईँले यस्को टाउकोबाट निस्किएका दुई लामा एन्टेनाजस्ता सिङमध्ये एउटा काटिदिनुहोस्। त्यसपछि खाल्टो खनेर उसलाई पुरिदिनुहोस् ।
त्यसपछि पनि ऊ सक्रिय नै रहन्छ । डा. ग्याभिन ब्रोड बारुलाले कसरी अरू जीवहरूलाई खाइदिन्छ भन्ने विषयका कथा सुनेर निकै रमाउँछन्। उनी लन्डनको न्याचुरल हिस्ट्री म्युजिअम (प्राकृतिक विज्ञान सङ्ग्राहलय) का प्रमुख सञ्चालक हुन्। उनी धेरै विषयमा ज्ञान राख्दछन् । उनीसँग विश्वका विभिन्न कुनाबाट सङ्कलन गरी ल्याइएका बाकसका बाकस बारुलाहरू छन्। “साङ्ला मार्न सक्ने भएपनि मलाई बारुलो मन पर्दैन” भनेर तपाईँले भनेको मैले सुनिसकेँ । तर केहीबेर ग्याभिनको कुरा सुन्नु भयो भने तपाईँको दृष्टिकोण बदलिन सक्छ। तपाईँ उनीहरूको सीप र सुन्दरताबारे थाहा पाएर आह्लादित हुनुहुनेछ।
साङ्ला मार्ने बारुलाको निकै बलियो र चम्किलो शरीर र पखेँटा हुने गर्दछ। त्यसैले उनीहरूलाई जुहारत जस्तो बारुलो पनि भन्ने गरिन्छ । “तर हरेक बारुला आफ्नै प्रकारले गौरवशाली हुन्छ,” ग्याभिन भन्छन्। उनी खपटे किरा वा मौरीलाई मात्रै रुचाइने चर्चा परिचर्चाबाट अलि गहिराइमा जान तपाईँलाई आग्रह गर्दछन् । उनी भन्छन्, “मौरीहरू शाकाहारी बन्न पुगेका रमाइला खाल्का बारुला हुन्।”
प्रकृतिमा बारुलाको आफ्नै भूमिका हुन्छ। उनीहरूले शरद याममा मानवलाई वाधा पुर्याउँदैनन्। सेप्टेम्बर महिनामा यि पहेँला किराले फलका रस खान्छन् र मदमस्त हुन्छन् । बारुलाले अन्य किराहरूलाई खाइदिन्छन् र तिनको सङ्ख्या नियन्त्रण गर्न सघाउ पुर्याउँछन्। तपाईँले कल्पना गर्न सक्ने सबै किराका सायद आफ्नै कुनै बारुला हुन्छन् जस्ले तिनलाई आक्रमण गर्छन् । यदि त्यसो नहुँदो हो त हामी किरा मार्नका लागि निकै धेरै विषादी प्रयोग गरिरहेका हुन्थ्यौँ । परजीवी बारुला र तिनकै सीपले अन्य किराहरू नियन्त्रण गर्न सहयोग गरिरहेका हुन्छन् । युरोपेली बारुलोको विशेषता थाहा पाएर म छक्कै परेँ। मैले उनीहरूलाई प्रकृतिमा कहिले देखेँ भनेर स्मरण गर्न सक्दिन। तर उनीहरू ब्रिटेनका जङ्गलमा जताततै देखिन्छन्।
यसको जीउलाई तन्काउनका लागि पेटको पुछारतिर एक प्रकारको अङ्ग हुन्छ जसले धेरै काम गर्न सक्छ। उदाहरणको लागि त्यसले त्यो बारुलाको लम्बाइ बढाएर ८ सेन्टिमिटर सम्म पुर्याइदिन सघाउ पुर्याउँछ ।
यसले रुखको टोड्का मुनि रहेका अरिङ्गालका लार्भा खोज्दछ। भेटिहाल्यो भने उसले जीउलाई पूरै तन्काएर त्यो लार्भामा फुल पारिदिन्छ। यो बारुलाले सिकारलाई मारिहाल्दैन; यसले विषको प्रयोग गरेर सिकारलाई शिथिल बनाएर राख्छ । ग्याभिन भन्छन्, “परजीवीमा आश्रित बारुलाको सफलता भनेकै आफ्नो सिकारको मासुलाई ताजै राख्नु हो । अर्को कोठामा लगेर ग्याभिनले मलाई अर्को बाक्सा खोलेर देखाए। उनले त्यहाँबाट मेगाराइसा नाम गरेको अर्को बारुला देखाए।
त्यो बारुलाको पेट १५ सेन्टिमिटरसम्म तन्किन सक्ने रहेछ। फुल पार्ने पारा यसको अझै फरक हुने रहेछ ।
त्यसपछि उनले सिउडोराइसा नाम गरेको अर्को समूहको बारुलाबारे बताए । प्रकृतिको नियम आफ्नै आफ्नै। विभिन्न प्रजातिहरूले बाच्न र फस्टाउनका लागि विभिन्न कला कौशलको प्रयोग गर्ने रहेछन्। त्यसक्रममा लडाइँ पनि धेरै हुने गर्दछ। ग्याभिनले बारुला भरिएको त्यो बाकस बन्द गरे। उनले बारुलाका प्रजातिको बखान गर्ने क्रममा झुसिलकिरा बनिसकेको अर्को बारुलाको लार्भाभित्रै फुल पारिदिने बारुलाको प्रसङ्ग सुनाए। त्यो भनेको त राजाहाँसभित्रको कुखुराको मासु भित्रको हाँस भने जस्तै भयो । सबैभन्दा ठूलो बारुला कुन होला? सायद पेप्सिस भनिने बारुलो सबैभन्दा ठूलो हो। ग्याभिनले सानासाना केटाकेटीलाई बारुलाको कुरा सुनाउने बेला यो प्रसङ्ग छुटाउँदैनन् । अब बुझिहाल्नु भयो होला: बारुलो माकुरोमा बस्छ, त्यसपछि त्यसलाई ठुङ्गेर बेहोस तुल्याउँछ र त्यहाँ फुल पार्दछ। त्यसपछि त्यो फुल भित्र जान थाल्छ। त्यसपछि बन्ने लार्भाले सबै अङ्ग एकैचोटी खाँदैन र त्यो माकुरालाई जीवितै रहन मद्दत गर्छ।
सबैभन्दा सानो बारुला कुन होलान्? किकिकी र टिङ्करबेला भनिने बारुला सबैभन्दा साना हुन सक्छन्। ग्याभिनले एउटा कार्ड बोकेका छन् र त्यसमा प्रष्ट देख्न नसकिने थोप्लाहरू छन्। यी बारुला ०.२ मिलिमिटर लामा छन्। यी एकदमै साना हुन्छन् जसलाई हेर्नका लागि सुक्ष्मदर्शक यन्त्र नै आवश्यक हुन्छ । यिनीहरूले पनि उडेर अन्य जीवका फुलमा आफ्नो फुल पारेर आफ्नो विशेषता देखाइहाल्छन् । ग्याभिन भन्छन्, “सायद बारुलाहरूले नै मानिसलाई कागज बनाउन सिकाए होलान्।” उनीहरू काठ चपाउँछन् र पातलो झिल्लीदार संरचना बनाउँछन् । शरद ऋतुमा देखिने बारुलो पनि वास्तुकलाविद् जस्तै हुन्छ। त्यो बारुलोको सानो गुँड वरिपरि कागजको खामको पत्र हुने गर्दछ। त्यहाँ भित्र पनि कलात्मक पत्र र बान्कीहरू रहेका हुन्छन् । त्यो सङ्ग्रालयमा सन् १९४० को बारुलाको एउटा गुँड पनि रहेछ। त्यसको केही हिस्सा ऊनबाट बनेको रहेछ। नजिकै रहेको एक स्कार्फलाई बारुलाहरूले पुन: प्रयोग गरेका रहेछन् । ग्याभिन भन्छन्, “बारुलाहरूलाई मानिसले माया गर्नुपर्छ। उनीहरू किराको संसारका सिंहहरू हुन् ।” BBC