पाकिस्तानमा भूकम्प: मृत्यु हुनेको सङ्ख्या कम्तीमा १९

Loading

Peoples News : ५.८ म्याग्नीच्युडको भूकम्पले पूर्वी पाकिस्तानमा धक्का दिँदा कम्तीमा १९ जनाको ज्यान गएको र तीन सय भन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । पाकिस्तान प्रशासित कश्मीरको मिरपुर सहर नजिकै भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । सामाजिक मिडियामा राखिएका तस्बिरहरूमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौं मानिसको ज्यान गएको थियो । अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको मापन ५.८ म्याग्निच्युडको गरेका छन्। जसको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तान प्रशासित कश्मीरमा मङ्गलवार साँझ भूकम्पका धक्काहरू महसुस गरिएका छन्। पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य सुरू गर्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन् । बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मिरपुर पाकिस्तान प्रशासित कश्मीरमा पर्छ । हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन्।थुप्रैतिरबाट जमिन चिरा परेका र घरहरू भत्किएका तस्बिरहरू आएका छन् । भारतको राजधानी नयाँदिल्ली सहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिए पनि अहिलेसम्म त्यहाँ हताहतीको खबर भने नआएको बीबीसी हिन्दीले जनाएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।BBC

Leave a Comment