ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

Loading

Peoples News : अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी छन् । डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि ‘विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको’ आरोप लगाइन् । ट्रम्पमाथि आफ्ना डेमोक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरूद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको चर्चा हुनुका कारण ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन् ।

पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।
राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोन वार्ताबारे एक गुप्त सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो ।

लाग्ला महाभियोग? फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमोक्र्याटहरूको आरोप छ । सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले ‘उनको संवैधानिक जिम्मेवारी’ अवज्ञा गरेको बताइन् । पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ । घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन् ।

‘फोनवार्ता ट्रम्पविरुद्ध महाभियोगको आधार बन्न सक्ने’
महाभियोगको पक्षमा विपक्षी डेमोक्र्याटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ । त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुई तिहाई बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको पकड रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कमजोर देखिन्छ । BBC

Leave a Comment