फेसबुकद्वारा हजारौ एपलाई निलम्बन

Loading

Peoples News : आफ्ना प्रयोगकर्तासँग सम्बन्धित डेटा चोरी हुनेगरी भएको केम्ब्रिज एनलिटिका काण्डपछि फेसबुकले दशौँ हजार एपलाई निलम्बन गरेको बताएको छ । निलम्बित एपहरू झन्डै चार सय विकासकर्तासँग सम्बद्ध थिए । फेसबुकले सबै एप प्रयोगकर्ताका लागि जोखिमपूर्ण नभएको बताएको छ । सन् २०१८ मा केम्ब्रिज एनलिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको डेटा हेरेको खुलासा भएपछि फेसबुकलाई सुरक्षाको विषयमा ठूलो दबाव परेको थियो । केम्ब्रिज एनलिटिका राजनीतिक परामर्श दिने कम्पनी हो। फेसबुकबाट व्यक्तित्वसम्बन्धी प्रश्नोत्तरमार्फत् हात पारेको डेटा उक्त कम्पनीले राजनीतिक विज्ञापन गर्दा उपभोक्ता खोज्न प्रयोग गरेको आरोप छ । गोपनीयता विवादमा फेसबुकलाई हालसम्मकै ठूलो जरिबाना ‘फेसबुकलाई सबैभन्दा ठूलो जरिबाना’ मार्क जकर्बर्ग भन्छन् फेसबुकले अब गोपनीयतामा ध्यान दिनेछ फेसबुकले उपभोक्ताको गोपनीयता भङ्ग गरेको ठहर गर्दै अमेरिका सरकारले गत जुलाई महिनामा उक्त विशाल कम्पनीलाई पाँच अर्ब डलर जरिबाना तिरायो ।

फेसबुकले किन एप निलम्बन गर्‍यो ? केम्ब्रिज एनलिटिका काण्डमा करौडौँ मानिसको गोप्य विवरण चुहिएको थियो। त्यसबाट फेसबुकलाई ठूलो क्षति भयो । फेसबुकमा तपाईँले राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ?
फेसबुकले त्यसपछि धेरै मुद्दा तथा अन्तर्राष्ट्रिय आलोचना खेप्नुपरेको छ । उसले अहिले गोपनीयता सुनिश्चित गर्न र आफ्नो छवि सुधार्न खोजेको छ । त्यसका लागि गत वर्ष मार्चमा फेसबुकले सयौँ वकिल, डेटा वैज्ञानिक तथा इन्जिनियरहरूलाई संलग्न गराएर आफ्नो माध्यममा प्रयोग हुने एपहरूको अनुसन्धान सुरु गर्‍यो । किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै फेसबुक
‘८ करोड बढी फेसबुक प्रयोगकर्ताका विवरण दुरुपयोग’ आफ्नो समीक्षाले दुरुपयोगको शैली बुझ्न सहयोग पुर्‍याउने र त्यसबाट दुराशय भएका विकासकर्तालाई उन्मूलन गर्न सकिने फेसबुकले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।

ती एपबारे के थाहा छ?
फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद विकासकर्ताबारे एकदम न्यून जानकारी दिएको छ । निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पार्ने सङ्केत नगर्ने फेसबुकले विज्ञप्तिमा जनाएको छ । “हामीले निलम्बन गर्दा धेरै [एप] प्रयोगमा आइसकेका थिएनन् तर परीक्षणको चरणमा थिए,” विज्ञप्तिमा भनिएको छ । तपाईँको आईफोनले थाहै नदिई तपाईँको ‘जासुसी’ गर्छ विभिन्न एपले फेसबुकलाई तपाईँको ‘यौन जीवनका जानकारी दिएका हुन सक्छन्’ फेसबुकबाट लिएको डेटा अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । फेसबुकका अनुसार त्यसरी प्रतिबन्धित हुनेमध्ये माईपर्सन्यालिटी नामक एपले अनुसन्धानकर्ता र कम्पनीहरूलाई जानकारी उपलब्ध गराएको तर अनुसन्धानमा सहभागी हुन अस्वीकार गरेको थियो । BBC

Leave a Comment