peoples news kathmandu हालै गरिएको एक सर्वेक्षण अनुसार भक्तपुरमा सानो ब्यापरि, सडक व्यापारी हरुलाइ target गरेर मिटर ब्याजमा पैसा लगानी गर्ने र दैनिक असुल्ने सर्तमा दिने गरेकोे छ भक्तपुरम यस्तो किसिमको लगानी गर्नेको जमात र्क्हेको छ जसमा तराई मुलका व्यक्तिहरुको पनि देखिन्छ जसले सडक व्यापारी र चिनजानमा आबस्यक पर्नेहरुलाई निसाना बनाको रहेछ मिटर ब्याज भनेको केहो ? यस’bout थोरै चर्चा गरौँ । मिटर ब्याज भन्नाले छोटो म्यादमा धेरै ब्याज उपलब्ध गराउने प्रकृया हो । यस प्रकृया अन्तर्गत कर्जा लिने ले कर्जा दिनेलाई लाख रुपैयाँको पन्ध्र दिनको सात देखि दशहजार ब्याज बुझाउने प्रचलन देखिन्छ । यसो हुदाँ लाख रुपैयाँको मासिक ब्याज १४ देखि २० हजार आउने देखियो ।
मिटर ब्याज र साधारण ब्याज को यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भएपनि मिटरब्याज खान लाई मानिसहरु हौसिएर फसेको देखिन्छ । यसरी मिटर ब्याजमा पैसा खानेहरुले केसम्म गरेको देखियो भने लधुबित्तीय सहकारीमा सदस्य बनेका सदस्यहरु कै नाम बाट कर्जा प्रवाह गराएर ऋण लिएको देखिन्छ ।
मिटरब्याजमा कर्जा लिनेले प्राय पहिला थोरै रकम बाट कर्जा लिएर आकर्षक ब्याज दिदै जाने अनि असल कर्जावाल को रुपमा प्रतिस्थापन गरेपछि कर्जाको रकम बढाएर लाने गर्दछ ।
यो मिटरब्याजमा पैसा लिदा कागज गर्ने नपर्ने, सहज रुपले साहु माहाजन को मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ । उनीहरुले जो कोहीलाई एककान, दुईकान हुन नदिन मैले रिन लिएको कसैलाई नभन्नु । यदि कसैलाई भनेको थाहा भो भने तिम्रो पैसा पाउने छैनाँै भनेर कर्जा दिनेलाई लामो समय सम्म मानसिक चावी लगाउने गरेको पनि पाईयो ।
यता कर्जा दिनेले पनि आफूसँग भएको पैसा आकर्षक ब्याज लिएर घरखर्च धान्ने एउटा व्यवसाय नै जस्तो गरेर पटक पटक कर्जा दिने गरेको देखियो ।
तर त्यसरी कर्जा दिदा अबैधानिक हुन्छ, मेरो लगानी डुब्न सक्छ भन्ने सोँचलाई पर राखेर साँवा भन्दा ब्याजको माया भन्ने कथन आत्मासाथ गरेको देखिएको छ ।
हालसालै यो मिटरब्याज ले माथि उल्लेखित परिवार तथा कर्जा दिने ब्यक्तिहरुमा नै एकप्रकार को तनाव भएको कुरो एक भुक्तभोगी ले बताई रहेको छन्
यदि कर्जा लिनेले आफ्नो घरजग्गा कसैलाई दृष्टिबन्धक राखिसकेको छ भने त झन ति कर्जा दिनेहरु को बहुत ठूलो बेहाल हुने यो स्तम्भकारले देखिरहेको छ ।
कुनै पनि लधुवित्तिय सहकारीको सोच नराम्रो छैन । यी संस्थाहरुले गाउँ शहरमा रहेका विपन्न परिवारको गरिवी निवारण गर्न मद्दत होस । तपाईहरु सधैँ अरुको ज्यामी हैन, तपाई आफै ज्यामी बाट मालिक बन्न सक्नुहुन्छ भन्ने एउटा अदृष्य बाटो देखाएको छ । यो एउटा राम्रो पक्ष हो । यिनै सहकारीहरुको लगानी बाट कैयौँ सदस्यहरुले आज समाजमा ज्यामी बाट मालिक बनेको पनि उदाहरण हरु तपाई, हाम्रो छिमेकमा देख्न सक्नु हुन्छ । तर केही सदस्यहरुले ति सहकारी बाट कर्जा लिएर अनुत्पादक काम मा खर्चिएको कारण त्यस्ता सदस्यहरुको घरवार आज विल्लीबाठ भएको देखिन्छ । ’cause त्यस्ता सदस्यहरुले कर्जा लिएर त्यही रकम बाट खाने, लाउने, ओछ्याउने र ओढ्ने गरेको देखिन्छ ।
तथापी कतिपयले त्यसै गरेपनि आफ्नो अन्य आम्दानी बाट ति कर्जाको साँवा ब्याज तिरीरहेको छन् । लधुवित्तिय सहकारीले कर्जा लिने सदस्यहरुको कर्जा सही ठाँउमा लगानी भए नभएको अनुगमन गरेका पनि होलान । हुन सक्छ, गाईबस्तुको लागि कर्जा लिने ले अनुगमनमा आउने लाई अर्काको गोठको गाईबस्तु देखाएर पो छलिरहेको छ कि ? नत्र कर्जावाल हरु किन घरवार त्यागेर हिडेने र आत्माहत्या गर्दैछन ? यो एउटा जटिल प्रश्न रहेको छ ।