दोषीलाई कारबाही नगरे फेरि अनशन बस्ने गंगामायाको चेतावनी

Loading

Peoples News काठमाडौँ — छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग राख्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले असोज ३ देखि पुनः आमरण अनशन बस्ने बताएकी छन् ।उनले अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई १२ दिने अल्टिमेटम दिएकी छन् ।

११ पटक अनशन बसिसकेकी अधिकारीले आइतबार वीर अस्पतालभित्रै पत्रकारसँग कुराकानी गर्दै छोराको हत्याका अभियुक्तलाई कानुनी कठघरामा ल्याउन १२ औं अनशनमा बस्ने बताएकी हुन् । ‘यो छोराको न्यायका लागि अन्तिम लडाइँ हो, सरकारले मेरो छोराको हत्या गर्नेलाई न्यायको कठघरामा उभ्याएन भने १२ दिनपछि आमरण अनशन सुरु गर्छु, नमरेसम्म लडिरहन्छु,’ उनले भनिन् । छोराको हत्याका अभियुक्तलाई कारबाही माग गर्दै अनशन बस्ने क्रममै उनका पति नन्दप्रसादकोमृत्यु भइसकेको छ ।उनले छोराको हत्यामा संलग्न व्यक्तिलाई पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईले कारबाही गर्न नदिएको आरोप लगाइन् । उनले अर्का छोरा नूरप्रसादलाई समेत सरकारले बिनाकारण जेलमा राखेको बताइन् ।‘एउटा छोराको हत्या गरिएको छ, पतिको ज्यान गएको छ, मेरो यो हालत छ, अर्को निर्दोष छोरालाई पनि जेलमा लगेर राखिएको छ’, उनले भनिन्, ‘मेरो छोरालाई प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष दाहालको खटनले जेल हालिएको छ,’ उनले भनिन् । उनले आफूलाई बाहिर जान नदिएर सरकारले वीर अस्पतालभित्रै नजरबन्दमा राखेको दाबीसमेत गरिन् । kantipur

Leave a Comment