बालेनको चुनावी आश्वासन बिकास गरेर देशको मुहार फेर्ने

Loading

People’s News Kathmandu : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पूर्वको विकासका लागि कृषि, उद्योग र खेलकुदलाई प्राथमिकतामा राख्ने बताएका छन् । रास्वपाले इटहरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पूर्वलाई कृषिमा आत्मनिर्भर बनाउने, पहाडमा उत्पादन भएको तरकारी तराईसम्म पुर्‍याउने सप्लाईचेन सुधार गर्ने र वर्षायाममा बाढी तथा हिउँदमा सिँचाइ समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए । 

उनले पूर्वी तराईका जिल्लाहरूले देशलाई पुग्ने धान उत्पादन गर्न सक्ने क्षमता भए पनि व्यवस्थापन अभावका कारण समस्या देखिएको बताए । साथै, विराटनगर जुट मिलजस्ता बन्द उद्योग पुनः सञ्चालन गरी उद्योगमैत्री वातावरण बनाउने धारणा राखे । शाहले खुवालुङ, तुवाचुङ र बराहक्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बनाउने तथा पूर्वमा खेलकुद पूर्वाधार, विशेषगरी फुटबल प्रशिक्षण केन्द्र र रंगशालामा दीर्घकालीन लगानी गर्ने योजना पनि प्रस्तुत गरे ।

Leave a Comment