Peoples News : जेन जी आन्दोलनका बेला भएका प्रदर्शन मात्र होइन विध्वंसात्मक कार्यमा सहभागी भएका मानिसहरूले पनि चन्द्रसूर्य अङ्कित राष्ट्रिय झण्डा बोकेको वा पहिरिएको विषयमा प्रश्न उठेको थियो । यो साता निर्वाचनमा उम्मेदवारी मनोनयन अघिपछिका कार्यक्रमहरूमा पनि कैयौँ राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार र तिनका समर्थकहरूले राष्ट्रिय झण्डाको प्रयोग गरेको देखियो । यसले फेरि नेपालको राष्ट्रिय झण्डाको सही उपयोगको विषय चर्चामा आएको छ । इतिहास, आकार, रङ्गविन्यास, उपयोगका विशिष्टताजस्ता कारणका आधारमा जानकारहरूले विश्वकै अनुपम भन्ने गरेको नेपालको झण्डालाई खासखास प्रयोजनमा मात्र उपयोग गर्न पाइने भनेर सरकारले कार्यविधि नै बनाएको छ ।
सदुपयोग कि दुरुपयोग ? : नेपालको राष्ट्रिय झण्डाबारे शोध गरेका विज्ञलाई आन्दोलनदेखि लिएर दलगत कार्यक्रमहरूमा जथाभावी राष्ट्रिय झण्डाको प्रयोग गरिएको पटक्कै मन परेको छैन । नेपालको राष्ट्रिय झण्डाको राजनीतिक, सांस्कृतिक एवं सैनिक विशिष्टता छन् । यसको प्रयोगमा निकै ध्यान पुर्याउँदै आइएको थियो । विगतमा खासखास पर्व वा दिनमा बाहेक सर्वसाधारणले राष्ट्रिय झण्डा प्रयोग गर्नै पाउँदैनथे । अहिलेको नयाँ कार्यविधिले सर्वसाधारणले जुन बेला पनि झण्डा राख्न पाउने भनेपछि यस्तो दुरुपयोग सुरु भएको हो । नयाँ कार्यविधि भनेर उनले औँल्याएको नियम ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ हो । राजपत्रमा प्रकाशित उक्त कार्यविधिले पनि झण्डाको जथाभावी प्रयोगलाई निषेध नै गरेको छ । हालैका दिनहरूमा राजनीतिक गतिविधिमा देशको झण्डाको प्रयोगप्रति चिन्ता प्रकट गर्दै संवैधानिक कानुनका विज्ञ भीमार्जुन आचार्यले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय झण्डाको धेरै नै दुरुपयोग हुन थालेको भन्दै “राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने” वर्जित कार्यहरू भइरहेको अनि “राष्ट्रिय झण्डा ओढ्ने कपडा” नभएको भन्दै पीडा पोखे । म्मेदवारहरूले मनोनयन दर्ता गर्न जाँदा वा अन्य निर्वाचन कार्यक्रममा राष्ट्रिय झण्डाको उपयोग गरेको देखिएको छ
राष्ट्रिय झण्डा बढ्दो उपयोगबारे आचार्यले कुरा गर्दै त्यसका केही सम्भावित कारणबारे चर्चा गरे। हामीकहाँ राजनीति गर्ने मानिस होस् वा सामाजिक कार्य गर्ने मानिस होस् तिनमा आत्मविश्वासको कमीले पनि यसो भएको हुन सक्छ। दोस्रो कुरा राजनीति गर्नेसँग राजनीतिक इमानको पनि कमी छ । यी सबै चिजलाई ढाकछोप गर्न मैले राष्ट्रिय झण्डा ओढेँ वा पहिरिएँ भने त्यसले सकारात्मक सन्देश जान्छ कि भन्ने उद्देश्यले यस्तो प्रयोग भएको जस्तो लाग्छ । पहिला पनि दुरुपयोग नभएको भन्ने त होइन तर पछिल्ला दिनहरूमा जेन जी आन्दोलनपछि तपाईँले हेर्नुभयो भने कस्तो सम्म देखियो भने सिंहदरबार जलाउन गएका, सर्वोच्च अदालत जलाउन गएका अनि संसद् भवन जलाउन गएकाहरूले पनि राष्ट्रिय झण्डा काँधमा बोकेको, बेरेको वा पहिरिएको दृश्य देखियो । त्यो त सरासर झण्डामाथिको अपमान र अपराध नै हो,” उनले भने । निर्वाचनको प्रचारप्रसारका बेला चाहिँ सायद आफूहरूलाई बढ्ता राष्ट्रवादी वा असल देखाउन राष्ट्रिय झण्डाको उपयोग गरिएको होला । समष्टिमा भन्दा यसलाई प्रयोग भन्दा पनि दुरुपयोग भएको म ठान्छु । हुलमुलमा जथाभावी राष्ट्रिय झण्डा प्रयोग गर्दा फ्याँकिने, कुल्चने, च्यातिने जस्ता जोखिम हुने हुनाले पनि मानिसहरू सतर्क हुनुपर्ने जानकारहरू बताउँछन् ।
थि
तस्बिर स्रोत,RSS
राष्ट्रिय झण्डाको प्रयोगबारे सरकारले छुट्टै कार्यविधि लागु गरेको छ भने निर्वाचनका बेला राष्ट्रिय झण्डाको उपयोगबारे निर्वाचन आचारसंहितामा पनि सङ्क्षिप्त उल्लेख छ । उक्त कार्यविधिले निश्चित विधि तोकेर सर्वसाधारणले राष्ट्रिय झण्डा राख्न पाउने भनेको छ । राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धमा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी सर्वसाधारण नागरिकले समेत निजी निवासमा राष्ट्रिय झण्डा फहराउन वा प्रयोग गर्न पाउने छन्,” उक्त कार्यविधिको दफा ९ मा उल्लेख छ । तर सर्वसाधारणले राख्दा वा उपयोग गर्दा पनि भुइँमा नलत्रने किसिमले राष्ट्रिय झण्डाको उचित सम्मान प्रकट हुने गरी ठड्याएर” राख्नुपर्ने अनि सरकारले शोक घोषणा गरेको दिनमा अनिवार्य रूपमा झुकाउनुपर्ने कार्यविधिमा उल्लेख छ । सर्वसाधारणले प्रयोग गर्ने राष्ट्रिय झण्डाको समय, आकार र तरिका पनि त्यसमा तोकिएको छ ।
तस्बिर स्रोत,NURPHOTO VIA GETTY IMAGES
तस्बिरको क्याप्शन,गत महिना उच्च अदालतले धरौटीमा रिहा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीको मुख्यालय फर्किँदा उनलाई पार्टीको र नेपालको झण्डा बोकेका कार्यकर्ताहरूले स्वागत गरेका थिए सो कार्यविधिको दफा ११ मा व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न निषेध गरेको छ । व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भागबाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन पनि निषेध गरिएको छ । निर्वाचनका बेला हुन सक्ने राष्ट्रिय झण्डाको प्रयोगबारे निर्वाचन आचारसंहिताको दफा १३ (न) मा सङ्क्षिप्त उल्लेख छ ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा दशवटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,” उक्त बुँदामा भनिएको छ । निर्वाचनका कार्यक्रममा राष्ट्रिय झण्डाको प्रयोग वा दुरुपयोगबारे आफूहरूले पनि अनुगमन गरिरहेको निर्वाचन आयोगले बताएको छ । मापदण्डभित्र रहेर मात्र उपयोग गर्न पाइन्छ । हामीले यसबारे अनुगमन गरिरहेका छौँ। कहीँ कतै यसबारे सूचना छ भने नागरिकस्तरबाट पनि यस्ता वि षयमा सहयोगको अपेक्षा छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।
नेपाली झण्डाको विशेषता :
तस्बिर स्रोत,UNIVERSAL IMAGES GROUP VIA GETTY IMAGES
तस्बिरको क्याप्शन,मन्दिरहरूमा नेपालको राष्ट्रिय झण्डासँग मिल्दोजुल्दो द्वित्रिकोणाकार ध्वजा अहिले पनि देखिन्छ दुईवटा त्रिभुज भएको नेपालको राष्ट्रिय झण्डा विश्वमै विशिष्ट मानिन्छ । संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका झण्डाहरू अधिकांश चतुर्भुज आकारका छन् । ध्वजविज्ञानका विज्ञ दयाराम श्रेष्ठका अनुसार नेपालको झण्डामा वैदिक सभ्यता र संस्कृतिलाई स्पष्टसँग द्योतन गर्ने गुण यसमा पाइनुले यो विश्वकै “सर्वप्राचीन झण्डा” भएको तथ्य पुष्टि हुन्छ । हाम्रो देशकै प्रामाणिक इतिहास पल्टाएर हेर्दा लिच्छविकालमा त्यही प्राचीन वैदिक परम्पराले राष्ट्रिय अनुमोदन पाएर यस द्वित्रिकोणाकारको झण्डाले तात्कालिक राज्यव्यवस्थामा राष्ट्रिय मान्यता पाएको कुरो ‘मानाङ्क’ तथा ‘शृयंसो’ जस्ता मुद्राहरूले प्रमाणित गर्छन,” नेपाली राष्ट्रिय झण्डा ग्रन्थका लागि मदन पुरस्कार पाएपछि श्रेष्ठले भनेका थिए ।
नेपालका मन्दिरहरूमा नेपालको राष्ट्रिय झण्डासँग मिल्दाजुल्दा द्वित्रिकोणाकार ध्वजा अहिले पनि देखिन्छ । ती प्रायजसो धातुबाट बनेका हुन्छन् । अहिले झण्डाको उपयोगको प्रसङ्ग चलिरहँदा श्रेष्ठले विगतमा झण्डालाई रातिको समयमा प्रयोग गर्नै नहुने नियम रहेको स्मरण गरे । हाम्रो झण्डामा रङ्गको विशिष्ट महत्त्व छ । रातिको समयमा देखिँदैन । रातो पनि कालो देखिन्छ। त्यसैले सूर्यास्तभन्दा पाँच मिनेटअघि झण्डा झिक्नुपर्थ्यो अनि सूर्योदयको पाँच मिनेटपछि झण्डा फहराउनुपर्थ्यो,” उनले भने । नियमानुसार झण्डा च्यातिएको, खुइलिएको अवस्थामा पनि प्रयोग गर्न हुँदैन । तर अहिले त व्यापारिक प्रयोजनका लागि अनि बसट्रकमा पनि झण्डाको प्रयोग भएको पाइन्छ । त्यो उचित होइन,” उनले भने ।