![]()
पिपुल्स न्युज काठमाडौं । जनतामा गहिरिँदै गएको गुलाम मानसिकता नै आज देश सखाप हुने मुख्य कारण बनेको भन्दै चर्को आक्रोश व्यक्त गरिएको छ । अधिकार खोसिँदा पनि चुप लाग्ने, अन्याय देखेर पनि टुलुटुलु हेर्ने र सधैं शासकको जयजयकार गर्ने प्रवृत्तिले राष्ट्रलाई बिस्तारै मृत्युको बाटोमा धकेलिरहेको छ ।
जनता आफैंले आफ्नो विवेक, आत्मसम्मान र साहस सत्ताको पाउमा सुम्पिएपछि भ्रष्टाचार, कुशासन र लुटतन्त्र मौलाएको हो। “जब जनता दासझैं सोच्न थाल्छ, तब शासक मालिक बन्छ ।
देश बेरोजगारी, महँगी र पलायनले थलिँदा पनि जनस्तरबाट सशक्त प्रतिरोध नहुनु दुर्भाग्यपूर्ण हो । गलत निर्णयको समर्थन गर्ने, अपराधीलाई नेता मान्ने र सत्य बोल्नेलाई दुश्मन ठान्ने समाजले आफैं आफ्नो खाल्डो खन्दै गएको छ।
विश्लेषकहरू भन्छन्, गुलाम मानसिकता कुनै विदेशीले थोपरेको होइन, यो जनताले आफैं बोकेको रोग हो। यही रोगले गर्दा देश परनिर्भर, जनता कमजोर र भविष्य अन्धकार बन्दै गएको उनीहरूको ठहर छ।
अब पनि जनता नब्यूँझिने हो भने इतिहासले माफ नगर्ने चेतावनी दिँदै अभियन्ताहरूले प्रश्न गरेका छन्—
“हामी नागरिक हौं कि सत्ताका दास ?