के नेपाली अब विदेशी शक्तिको एजेन्डा बोक्ने दलाल पुस्ता बन्नेछन

Loading

People’s News : नेपालको भविष्य आज निर्णायक मोडमा छ । यो मोडमा सबैभन्दा ठूलो जिम्मेवारी युवाको काँधमा छ । तर दुःखको कुरा युवा आज सपनाको खोजीमा विदेश पलायन भइरहेको छ, देश भने साम्राज्यवादी शक्तिहरूको खेलमैदान बन्दै गइरहेको छ । अमेरिकी साम्राज्यवाद विकास र अवसरको आवरण ओढेर नेपालभित्र पस्दैछ । उसका एजेन्डा संसदभन्दा बाहिर तयार हुन्छन्, नीति जनताले होइन—दूतावासले निर्देशित गर्छ । यस्तो अवस्थामा चुप बस्नु भनेको राष्ट्रघातलाई मौन समर्थन गर्नु हो ।

युवाहरूलाई जानाजानी भ्रममा राखिँदैछ ।

राजनीति फोहोर हो” भनेर टाढा राखियो ।।

सिस्टम बदलिँदैन” भनेर निराश बनाइयो ।

र अन्ततः देश छोड्न बाध्य पारियो ।।

यो संयोग होइन यो योजनाबद्ध रणनीति हो ।

तर इतिहास साक्षी छ 

जब युवाले आँखा खोलेका छन्,

साम्राज्यहरू ढलेका छन् ।

आज प्रश्न सीधा छ :

के हामी विदेशी शक्तिको एजेन्डा बोक्ने दलाल पुस्ता बन्छौँ ?

कि स्वाधीन नेपालका सचेत र विद्रोही उत्तराधिकारी ?

युवा हो, सम्झ—

देश केवल भूगोल होइन, अधिकार र स्वाभिमान हो ।

विकास चाहिन्छ, तर आत्मसमर्पण होइन ।

सहयोग चाहिन्छ, तर शर्तसहितको गुलामी होइन ।

अब आह्वान स्पष्ट छ—

✊ विदेशी हस्तक्षेपविरुद्ध प्रश्न गर

✊ झुटो राष्ट्रवाद र बिकाउ नेतृत्व चिन

✊ सचेत बहस, लेखन र संगठनमार्फत आवाज उठाऊ

✊ राष्ट्रहितभन्दा माथि कोही छैन भन्ने सन्देश देऊ

यो बन्दुकको आह्वान होइन,

यो चेतनाको विद्रोह हो ।

यदि आज युवा उठेन भने,

भोलि नेपालले उठ्ने अधिकारसमेत गुमाउन सक्छ ।

युवा हो—इतिहास पढ्ने होइन, इतिहास बनाउने समय आएको छ।

Leave a Comment