पिपुल्स न्युज काठमाडौँ : जूही चावला: साधारण तरिकाले भएको विवाहको कारण खुलासा
बलिउड अभिनेत्री जूही चावला ले हालै दिएको एक अन्तरवार्तामा आफ्नो विवाहबारे महत्वपूर्ण खुलासा गरेकी छिन्। जूहीका अनुसार, उनले आफ्नो विवाहलाई भव्यतापूर्ण नबनाईकन साधारण तरिकाले सम्पन्न गरेकी थिइन् ।
जूहीले भनेकी छिन् कि विवाहको समयमा उनी आफ्ना करियरको उत्कर्षमा थिइन् भने आमा गुमाएको दुःख पनि अझै ताजा थियो। यस्तो अवस्थामा उनले ठूलो धुमधाम नगरी साधारण ढंगले विवाह गर्ने निर्णय लिएकी थिइन्। यो निर्णयमा उनको सासुले ठूलो भूमिका खेलेकी थिइन्।
सन् 1995 मा जूहीले इन्डस्ट्रियलिस्ट जय मेहता सँग विवाह गरेकी थिइन्। सुरुमा दुई हजार निम्तो वितरण भए पनि अन्तिममा ती सबै रद्द गरेर विवाह केवल घरमै, करिब ८०–९० जनाको उपस्थितिमा सम्पन्न गरिएको थियो।
जूहीले सम्झदै भनेकी छिन् – “त्यो समय मेरो लागि धेरै कठिन थियो। आमा गुमाइसकेको थिएँ, विवाहपछि करियर पनि प्रभावित हुने डर थियो। म भव्य विवाह चाहन्नथें। सासुले मेरो भावना बुझ्नुभयो र सबैलाई सम्झाउनुभयो।”
गौरतलब छ, जय मेहताकी पहिलो पत्नी सुजाता बिरला विमान दुर्घटनामा निधन भएकी थिइन्। यस कठिन समयपछि जय मेहता निरन्तर जूहीको साथमा रहँदै गएका थिए। करिब एक वर्षसम्म निरन्तर साथ, उपहार र मायाले प्रभावित भएर अन्ततः जूहीले विवाहको प्रस्ताव स्वीकार गरेकी थिइन्।
आज जूही र जयका दुई सन्तान छन् – छोरी जान्हवी र छोरा अर्जुन।