जिसिअसहित १३ जनाविरुद्ध मुद्दा

People’s News :  अख्तियार दुरूपयोग अनुसन्धान  आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराईसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराईसहित केशव प्रसाद दाहाल, ज्ञानमणी नेपाल,प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत गरी १३ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । तत्कालीन जिल्ला शिक्षा अधिकारीहरू डा. भट्टराई, दाहाल र  नेपाल, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठ, तत्कालीन​​​​​​ सव-इन्जिनियर शिवराज राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । 

यसैगरी लक्ष्मी माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय पृथ्वी दाहाल र शेष कुमार पौड्याल, तत्कालीन प्रधानाध्यापकहरू राजेन्द्र प्रसाद दाहाल, ऋषिराम पोखरेल र नयन कुमार राई, तत्काली लेखापाल सीता कार्की  र भवन निर्माणको जिम्मेवार पाएका अर्जुन तामाङलाई प्रतिवादी बनाइ आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता  राजेन्द्र कुमार पौडेलका अनुसार हलेसी तुवाचुङ नगरपालिका-४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय बडहरेको विद्यालय भवन निर्माण गर्दा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेतको मिलोमतोमा डीपीसी मात्र तयार गरी रकम हिनामिना गरेको भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टराईसहित १३ जनाविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा आर्थिक वर्ष २०७१/०७२ मा श्री लक्ष्मी माध्यमिक विद्यालय बडहरेको चार कोठे आरसीसी भवन निर्माण कार्यको  जिल्ला शिक्षा कार्यालय र विद्यालयबिच भएको सम्झौताको शर्त विपरीत रकम निकासा गरे /गराएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

 

<

p style=”text-align: justify;”>विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख र विद्यालयले ३० लाख दिने सम्झौता भएको थियो। तर,उक्त सम्झौताबिच २४ लाख रकम निकासा गरी स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट फिल्डमा २ लाख ७२ हजार  ३२८ रुपैयाँ बराबरको मात्र भवन निर्माणको काम भएको देखाएर गैरकानुनी हानी पुर्‍याउने बदनियतले झुट्टा बिल भरपाइ समेतका कागजात पेश गरी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ। copy

Leave a Comment