श्रीमती हत्या आरोपमा ८ वर्षपछि श्रीमान पक्राउ

Loading

PEOPLES NEWS : सर्लाही–श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्षपछि श्रीमान पक्राउ परेका छन्। सर्लाही, राजघाट–३ का ६० वर्षीय शिवलाल महतो ४५ वर्षीया श्रीमती सावित्री देवी महतोको हत्या आरोपमा ८ वर्षपछि पक्राउ परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

जग्गा वाँडफाँड विषयमा भएको झगडा पछि शिवलालले श्रीमती सावित्रीलाई ०६४ साउन २४ गते राति ११ बजे हत्या गरी फरार भएका थिए। सावित्रीलाई आफ्नै श्रीमानले कुटपिट गरी हत्या गरेपछि घर पछाडिको बारीमा मट्टितेल छर्केर जलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्यपछि फरार रहेका शिवलाललाई गोप्य सूचनाका अधारमा मंगलबार पक्राउ गरी बुधबार सर्लाही जिल्ला अदालतबाट कतृव्य ज्यान मुद्दामा म्याद थप गराइ अन्ुसनधान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । nagrik

Leave a Comment