सरोकार समितिले माग्यो उपकुलपतिको राजीनामा

Loading

PEOPLES ONLINE NEWS : दाङ- ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियान’ नाममा केही दिनअघि गठित सरोकार समितिले प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीको राजीनामा माग गरेको छ। विभिन्न पेशा, व्यवसायी, अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिले स्वस्फूर्त रुपमा गठन गरेका अभियानले प्रष्तिठानको वास्तविक अवस्था अध्ययन गरी उपकुलपतिको राजीनामा नै उपयुक्त उपाय भएको ठहर गर्दै राजीनामासमेत मागेको हो।

अभियानका अगुवा विकिरण गौतमको नेतृत्वमा आज अपराह्न उक्त प्रतिष्ठान पुगेको टोलीले रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई राजीनामा माग्नु पर्नाको कारणसहित पत्र बुझाएको थियो। राप्ती उपक्षेत्रीय अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्तरोन्नति हुँदा पनि जिल्लावासीले चाहे अनुसारको सेवा सुविधा नपाएको उपकुलपतिकै कारण प्रतिष्ठान धरासायी बनेको उनीहरुको आरोप थियो। रासस

Leave a Comment