![]()
Peoples News : हाल सहकारी सबैका लागि राजनीति गर्ने भाँडोको रुपमा प्रयोग गर्ने बस्तु बनेका छन् । यसै क्रम्मा कांग्रेस सभापति शेरबहादुर देउवाले सहकारीमा देखिएका समस्या समाधानका लागि सरकारले अध्यादेश ल्याएको बताएका छन् । कांग्रेस सहकारी विभागले सानेपामा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सहकारीका बचतकर्ताहरूको बचत सुरक्षित गर्ने र पीडितलाई न्याय दिने विषयमा गम्भीर रहेको बताए ।
वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै नागरिकको बचत सुरक्षित गर्नुपर्ने आवश्यकतालाई हेरेर नै सरकारले अध्यादेश ल्याएको उनको जिकिर थियो । ‘सहकारीमा बचतकर्ताहरूको बचतको ग्यारेन्टी हुनुपर्छ । सहकारीकै कारण सामुदायिक स्वावलम्बीकरण, गरिबी उन्मूलन, लोकतान्त्रिक समाजवादको संस्थागत हुन्छ । सरकारले समयानुकूल सहकारी मैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने महसुस गरेर नै अध्यादेश ल्याएको हो,’ उनले भने ।
सहकारीको मर्मअनुसार समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आमनागरिकसमक्ष पुर्याउन अभियानको रूपमा विस्तार गर्न कांग्रेसले भूमिका खेलिरहेको उनको दाबी थियो ।