![]()
Peoples News : सैन्य पोसाकमा रहेका पुरुषलाई अग्लो जुत्ता लगाएकी महिलाले अँगालो मारेर चुम्बन गरिरहेको दृश्य दोस्रो विश्वयुद्ध सम्बन्धी कुनै चलचित्रको जस्तो देखिन सक्छ, तर यस्तो दृश्य पूर्वी युक्रेनमा दैनिक जीवनको एक हिस्साजस्तो बनेको छ । रुसले युक्रेनमा पूर्ण स्तरमा आक्रमण थालेको तीन वर्ष पुग्नै लाग्दा युद्धले पुर्याएको नोक्सानी गम्भीर हुँदै गएको छ । त्यसले युद्धमा लडिरहेका युक्रेनी सैनिकहरूका लागि मात्रै होइन उनीहरूलाई, घरमा कुरिरहेका श्रीमतीहरूलाई पनि उत्तिकै असर गरिरहेको छ । युद्ध छेडिँदा आर्टिम र अक्सानाको विवाह भएको १८ महिना मात्रै भएको थियो । युद्ध सुरु भएसँगै आर्टिम युक्रेनी सेनामा आबद्ध हुनुपर्यो ।
त्यसैले राजधानी किएभनजिकै रहेको गृहनगर बिला सेर्कभाबाट सयौँ किलोमिटर यात्रा गरेर आर्टिम कार्यरत क्षेत्र कहिले खार्किभ त कहिले डोनेत्स्करमा केहीबेरका लागि मात्रै भए पनि भेट्न जानुको विकल्प अक्सानासँग थिएन । उनीहरूको यस्तो पहिलो “डेट” सन् २०२२ को एप्रिल महिनामा थियो भने दोस्रो त्यही वर्षको नोभेम्बरमा । त्यति बेला आर्टिम घाइते थिए र अक्सानाको बच्चा खेर गएको थियो ।

त्यसपछि फेरि गर्भाधान गर्ने दृढ निश्चयका साथ उनले आर्टिमलाई भेट्ने क्रम बढाइन् । तर आर्टिमलाई भने सधैँ यात्रारत उनको सुरक्षाको चिन्ता भइरहन्थ्यो । उनलाई नभेट्ने जीवन म कल्पनै गर्न सक्दिनँ,” अक्सानाले भनिन्। ती दिनहरूमा मात्रै मलाई आफू बाँचिरहेजस्तो लाग्थ्यो । युद्धको अग्रमोर्चा रहेका नगर वा गाउँनजिकै उनीहरू भेट्थे र स्थानीय घरमा बस्थे, जहाँ घरधनीले उनीहरूलाई सित्तैमा रात बिताउन दिन्थे । यी खाली घरहरू कुनै बेला मानिसहरू रमाएर बस्ने घर थिए । आफ्नो श्रीमान्सँग हुँदा खुसी लाग्छ तर आफूनजिकै नचिनेका मानिसहरूको फोटो देख्दा दुःख पनि,” अक्सानाले भनिन् । युद्धले उनीहरू सबैको जीवन बर्बाद पारेको छ ।
सम्बन्धविच्छेदको बढ्दो दर
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा रूसले पूर्ण स्तरमा अतिक्रमण थालेयता युक्रेनभरि नै परिवारहरू छिन्नभिन्न भएका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार ६० लाखभन्दा बढी मानिसहरूले देश छोडेका छन् । त्यो भनेको युद्धअघिको देशको १५ प्रतिशत जनसङ्ख्या हो । देश छोड्ने धेरैजसो महिला र बालबालिका छन् किनभने ‘मार्शल ल’अनुसार १८ देखि ६० वर्षका पुरुषहरूले युक्रेन छोड्न पाउँदैनन् । सेनामा सेवारत पुरुषहरूले वर्षमा ३० दिनसम्म बिदा लिन पाउँछन् र अपवादमा पारिवारिक परिस्थितिका कारण थप १० दिन बिदा थपिन सक्छ । जोडी र परिवारहरूले सँगै बस्न थोरै मात्रै समय पाउने कारणले जन्मदर उल्लेख्य रूपमा घटेको छ । सन् १९९१ मा सोभियत सङ्घ ढल्दा युक्रेन स्वतन्त्र भएको थियो। त्यस वर्ष त्यहाँ ६३०,००० बालबालिकाको जन्म भएको थियो ।
त्यसयता जन्मदर घट्दो क्रममा छ र सन् २०१९ मा ३०९,००० बालबालिकाको मात्रै जन्म भएको थियो । पूर्ण स्तरको युद्धको एक वर्ष पुग्दा सन् २०२३ मा जन्म सबैभन्दा कम भएर जम्मा १८७,००० मात्रै भएको थियो । यससँगै सम्बन्धविच्छेद पनि बढेको छ । युक्रेनको न्याय मन्त्रालयका अनुसार सन् २०२४ को पहिलो छ महिनामा सम्बन्धविच्छेद दर अघिल्लो वर्षको सोही अवधिभन्दा ५० प्रतिशतले बढेको छ । धेरै महिलाका लागि आफ्नो विवाह र परिवार जोगाउने एउटा उपाय भनेकै अग्रमोर्चामा रहेका श्रीमान्हरूसँग बेलाबेला भेट्न जानु हो ।
कठिन यात्राको मूल्यवान् प्रतिफल
अग्रमोर्चाको यात्रा कठिन हुन्छ किनभने त्यो सयौँ किलोमिटर टाढा र जोखिमयुक्त हुन्छ । महिलाहरू अग्रमोर्चा नजिकैका ती क्षेत्रमा भेट्न जान नजिकैको सहरसम्म रेलमा र त्यसपछि बस वा ट्याक्सीमा जान्छन् । उनीहरू कहिलेकाहीँ आफ्ना श्रीमान्सँग भेट्नेभन्दा धेरै समय सडकमै यात्राका लागि बिताउँछन् । सैनिकहरू आधिकारिक रूपमा बिदामा बसेको बाहेकको समयमा उनीहरूलाई थोरैबेरका लागि मात्रै भेट्न दिइन्छ ।

नताल्या आफ्ना श्रीमान्लाई भेट्नका लागि पश्चिममा रहेको लभिभ सहरबाट पूर्वमा १,२३० किलोमिटर टाढा रहेको क्रमातोर्स्कमा जान्छिन् । उनी सडकमा दुई दिन (५० घन्टा) भन्दा बढी समय बिताउँछिन् तर नजिकैका नगरहरूमा भएको निरन्तरको बमबारीका कारण उनी श्रीमान्सँग भने केही बेरका लागि मात्रै भेट्न पाउँछिन् । हामी रेलको प्ल्याटफर्ममा जम्मा ५० मिनेटका लागि बस्यौँ र त्यसपछि उनले मलाई म जुन रेलमा गएकी थिएँ, त्यसमै फर्किनका लागि छोडिदिन आए,” नताल्याले आँसु पुछ्दै भनिन्, “तर भेट्दाको त्यही ५० मिनेटको समय पनि मूल्यवान् थियो ।
उक्त यात्राका लागि १२० डलर लाग्यो । यो युक्रेनमा औसत मानिसहरूको मासिक तलबको एकचौथाइ रकम हो । उनले आफूले प्रत्येक दुईदेखि तीन महिनामा आफ्ना पतिलाई भेट्ने प्रयास गर्ने गरेको बताइन् । उनीहरूको विवाह भएको २२ वर्ष भयो र अहिले उनीहरूको दुईजना हुर्किसकेका सन्तान छन् । यी भेटहरूमा परिवार महसुस गर्ने अर्को मौका मिल्छ”, उनले भनिन् ।
‘फील्ड वाइफ’
तस्बिर स्रोत,GETTY IMAGES
पर्खाइ
यता अक्सानाले आफ्नो गृहनगर बिला सेर्कभामा हालसालै छोरालाई जन्म दिएकी छन्। यसअघि उनको दुई पटक बच्चा खेर गयो । अहिलेको छोरा लामो प्रतीक्षापछि जन्मिएको हो । छोरो जन्मिँदा आर्टिम आफ्नो नजिकै भइदिऊन् भन्ने अक्सानाले आशा गरेकी थिइन् तर उनले बिदा नै पाएनन् ।

उनले छोरा जन्मिनुभन्दा केहीअघि भनेकी थिइन्, “पक्कै पनि, यस्तो समयमा आफ्ना पति नजिकै आफूसँगै भइदिऊन् भन्ने सबै महिलाहरू चाहन्छन् । तर म अहिले बच्चा हेरिरहेको छु र मलाई थाहा छ मेरो श्रीमान् जहाँ हुनुपर्ने हो, उनी त्यहीँ हुनेछन् । s