नेपाल मेडिकल काउन्सिलको कमाउ धन्दाले मेडिकल पढेकाको जिबन बर्बाद

Loading

पिपुल्स न्युज : भनिन्छ नेपाललाई सतिले सरापेको रे ? यहाँ कुनै काम सजिलो छैन । यो देश जहाँ मुखै कानुन्को चलन् रहेको छ । जस कारण देशमै वा विदेशबाट मेडिकलमा लाखौ करोड़ो खर्च गरेर पढाई सकेर आउनेलाई काहिना भाको जात्रा हाँडीगाऊ भए जस्तै नेपाल मेडिकल काउन्सिलबाट परिक्षा नदिई पास नभए सम्म पढेको कुनै काम नलाग्ने अवस्था छ । 

के मेडिकल काउन्सिल युनिभर्सिटीहरु भन्दा पनि उच्च हुन् त? गत असोज २ गते भएको परिक्षामा उपस्थित परिक्षार्थीको भनाइ अनुसार ६ चोटी भै सको परिक्षा पास गर्न सकको छैन । लाइसेन्स नहुदा ६ बर्ष देखि कतै काम गर्न सकको छैन  उनले भने । 

उनको भनाइ अनुसार हरेक परिक्षाको लागि रु ३०००/- तिर्नु पर्ने हुन्छ काठमाडौँ आउँदा जाँदा ५००० खर्च हुन्छ। परिक्षाका लागि अन्लाइन कक्षा लिन अर्को ५००० तिर्नु पर्ने हुन्छ । तथापि पनि कोर्समा पढेको, गेस पेपरबाट पढेको र अन्लाइन क्लास बाट पढेको बाट खासै नाउने हुँदा फेल हुनेको संख्या उच्च रहेको जानकारी दिए । 

समग्रमा भन्नु पर्दा एकजना परिक्षार्थीले काउन्सिलको हरेक पल्टको परिक्षा दस्तूर ३०००, अन्लाइन क्लास ५०००, आउने जाने ५००० र अन्य खर्च गरि १५००० खर्च भै रहदा समेत काउन्सिलको अर्थहीन योजना को कारण १० लाख देखि १ करोड सम्म खर्च गरेर पढेको कुनै काम लागेन भन्ने कुरा अर्का एकजनाले जानकारी दिए । उनले भने यस पल्ट अन्तिम चोटी दिन आए पास भइ न् भने विदेश गएर भए पनि मजदुरी गर्छु तर नेपालमा बस्दिन भन्ने सम्मको समेत निराशा पोखे ।

हरेक परिक्षामा २००० देखि ३००० सम्मकाले परिक्षा दिनका लागि दस्तूर तिरी आएका हुन्छन तर पास भनेको १५ देखि ३५% सम्मले मात्र गर्छ त्यसमा पनि कोइ ५ चोटीमा त कोइ ७ चोटीमा जस कारण काउन्सिल सिधै कमाउने धन्दा मात्र गरेको देखियो परिक्षार्थी संग आएका एक अभिभाबकले भने । 

यस बिषय बस्तुमाथि विचार गर्दा के मेडिकल पासउट भएकालाई एउटा काउन्सिल जस्तो साधारण निकाईले जिबन नै बर्बाद हुने गरि रोक लगाउनु उचित हो त ? काउन्सिलले परिक्षा लिदा अध्यन गरेको कोर्ष वा बजारमा उपलब्ध त्यस सम्बन्धिबाटै सोधपुछ गर्न मिल्दैन ? 

२ गते उपस्थित एक परिक्षार्थी परिक्षाहालबाट बाहिरिदा आँखामा आँसु लिदै बाहिरिए, हामीले सोध्दा उनले भने मैले ३ बर्ष पढेको कोर्ष र गेस पेपरलाई ३ महिना राम्रो संग अध्यन गरेर गए तर त्यहाँ उल्टो उल्टो कुरा हरु सोधेर तनाब दिए काउन्सिलले भन्दै झन् गह भरी आँसु लिदै मन खिन्न बनाए । एकछिन पछि हामीले थप सोध्न खोज्दा उनले भनिन एक जना मानिसले एक दिनमा कति पानि खर्च गर्छ रे । यो त्यो भन्दै परिक्षार्थी अगाडी भन्न नचाहेको भन्दै गए । 

काउन्सिलको गठन किन केका लागि भएका हुन् त्यस बिसयमा साइद कुनै निकाईलाई जानकारी नै छैन जस्तो लाग्यो नत ३/५ बर्ष समय, पैसा, बुद्धि सबै खर्चेर हातमा सर्टिफिकेट लिई सक्दा पनि त्यस सर्टिफिकेटलाई काउन्सिलले खासै मान्यता नदिएको देखियो । यस सन्दर्भमा काउन्सिलले नै नेम, भाइबरेन्टहरुमा २/३ महिना क्लास गराई सिधै लाइसेन्सको परिक्षाबाट डाक्टर बनाउने गर्दा अझ उत्तम हुन्थियो कि ? परिक्षार्थीको लाखौ र करोड़ो रकम बच्ने थियो कि ? 

यस बिसयमा सम्बन्धित निकाय ले सोच्नु पर्ने आबस्यक छ । नेपालमा मेडिकल र इन्जिनियर पढेर आउनेहरुलाई काउन्सिलबाट पार गर्नु पर्ने नियम एक वाहियात तरिका रहेको देखियो । हामी जस्ता अभिभाबकले भोलि गएर एक झुट भै यस्ता काउन्सिलको बिरुद्ध जान नपरोस भन्ने सुझाब पनि दिनु भयो । 

श्रोत : असोज २ गते सोमबार भएको परिक्षामा उपस्थित अभिभाबक  र विद्यार्थीहरुको गुनासो अनुसार जस्ताको त्यस्तै राखिएको छ । 

Leave a Comment