![]()
People’s News : फरक प्रक्रितिको डर लाग्दो भ्रष्टाचार, देश नै डुवाउने खालको भ्रष्टाचार धेरैले चालै नपाउने यस बिषयमा कुरै नउठने वा उठने भए पछि माथिका मान्छे समेत तानिने भएकोले यसलाई अगाडी बढाउने हिम्मत कसैमा छैन ।
२०२२ अगष्टमा डा. प्रकाश चन्द्र लोहोनीले ट्विट गरेका थिए जसमा उनि भन्छन स्विस बैंकले सार्वजनिक गरेको भप विवरण अनुसार धनी र ठालुहरुको स्विस बैंकमा २००१ तिर ३ अर्ब ५८ करोड थियो । २०१० मा आइपुग्दा यो रकम बढेर १२ अर्व ५५ करोड पुग्यो । २०२० सम्म आई पुग्दा यो रकम बढेर ४६ अर्व ६४ करोड पुग्यो जसलाई भन्छन अग्रगामी प्रगति ।

यसै क्रम्मा २०२१ मै अर्को ट्विट आएको थियो नेपाली कांग्रेसका अर्जुन नर्शिङ्ग केसीबाट उनि भन्छन स्विस बैकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा साउथ एसियाको चौथो सबै भन्दा ठुलो रकम डिपोजिट कर्ता भएको र यसको बैद्धता र वास्तबीक्ताबारे सुसिचित हुने नेपालीको अधिकार हो । यि रकम गैरकानुनी हो भने राज्य किन मुकदर्शक छ कार्वाही गर्ने आंट किन गर्दैन । स्विस बैंकको यस रिपोर्टमा ढाकछोप गर्ने बक्तव्य मात्र आउने गरेको देखियो ।

यसै बिच नाटक मंचन अन्तर्गत प्रधानमन्त्री कै मातहत रहने गरी एउटा डिपार्टमेन्टल अफ मनि लाउन्ड्रीङ्ग इन्भिष्टीकेशन खडा पनि गरियो, जो राजनितिज्ञ मुद्दा पनि बन्यो तर अरु आयोग जस्तै यो पनि सेलादै गए, यसमा पनि धुलो जम्दै गए, काम भने केही पनि गरेन । यदि साँचिकै यस बिष्यमा काम गर्न चाहेको थिए भने, को को मुछिएका थिए भन्ने पत्ता लगाउन चाहेकै थिए भने यस्ता बिभाग प्रधानमन्त्रीको अथवा कुनै पनि मन्त्रालयको अन्तर्गतमा एउटा बिभाग खडा गरी गर्ने काम होइन ।
यस्ता कालोधन सम्बन्धि काम गर्न गराउन एउटा बेग्लै अधिकार सम्पन्न बेग्लै सैम्वान्धिक आयोग गठन गरेर पुरा अधिकार दिएर जो जो यसमा मुच्छिन्छन सबैलाई कार्वाही गर्ने गरि आयोग गठन गरेको भए यस्ता भ्रष्टाचार र कालोधन सम्बन्धि काम कार्वाही उहिले सकिन्थ्यो । तर राजनितिज्ञ दल र त्यसका ठुला ठुला हस्तीहरु प्नि यसमा मुच्छिने र पाटिलाई चन्दा दिने व्यापारीहरु लाई पनि तान्न सकिन्छ भनेर के जादुय तरिकाबाट भित्र भित्रै यो कुरा त्यतिकै सेलाएर गए । कालोधनको विषय बस्तु यसरी रोकियो कि अव चुनावी नारामा समेत उठन उठाउन बन्द भएको छ । यो विषय राजनितिज्ञ भ्रष्टाचार होइन भने के हो । राजनितिज्ञ नेता र व्यापारी यसमा मुच्छिएका छैनन भने यो विषय किन उठदैन ।

२०४६ साल पछि जव बहुदल आयो त्यती बेला पम्फा देवि नाम गरेकी महिलाको स्विस बंैकमा खाता र नेपालको राज्य परिवारको पनि खाता र त्यसमा प्रसस्तै पैसा छ भनी हल्ला फैलाईयो । तर त्यस पछिका कुनै पनि सरकारले नत यस बिषयमा कुनै सोधिखोजी गरे नत कुनै कार्वाही अगाडी बढाए । तर हाल तिनै नेताहरुले दर्जनौ पम्फा देविहरु जन्माई सकेका छन तर छानविन भनेको कुनै निकायले गर्न सकेको छैन वा भनै छानविन कस्ले गर्ने । समग्रमा भन्नु पर्दा देश गरिव छैन, गरिव छ भनेर जनताको आँखामा धुलो हालिदैछ । चुनावी नाराका लागि मात्र देशलाई गरिव देखाउने प्रपञ्च रच्दै प्रत्येक चुनावमा यै नारा धन्काएर भोट बटुल्न सकोस भनेर चालेको कदम हो राजनितिज्ञ दलको । स्विस बैंकका भएका पैसा मात्र नेपाल भित्राउने हो भने नेपालमा ठुल ठुला मेगा प्रोजेक्टलाई सहजै नेपालले आफनै लगानीमा संचालनमा ल्याउन सक्नेछ । कसै संग भिख वा ऋण लिनु पर्ने कुनै आवश्कता नै हुदैन । सरकारले एति सहजताले हुने काम किन त्यसो गर्न सक्दैन भन्ने बिषयमा कुरा गर्दा जस्ले यो काम गर्ने हो तै यसमा संलग्न छ लहरो तान्दै जाने हो भने आफै फस्ने सम्भावना छ । आफै फस्ने खेल कस्ले गर्ला । स्विस बैंकको विषय तान्दै जाने हो भने यो भन्दा धेरै नै भयाहव अवस्था छ ।

कोई देशको सच्चा व्यक्ति यस विषयलाई जिम्मा लिने गरि आए भने देशमा ठुलै भुइचालो आउने छ । एउटा उच्चस्तरीय र स्वच्छ छवी, नैतिक्तावान भएको व्यक्ति जो सरकारमा छन वा जाने छन त्यस्ता व्यत्तिले छानविन गरे केही हद सम्म देशले राहत पाउने थिए । यसै विषयमा थप कुरा गर्दा नेपालबाट एतिका ठुलो धनराशी बिदेश कसरी लान्छन त ? त्यो कसो गरी स्विजरल्याण्ड पुग्छ ? सुटकेस, बोरा वा प्लेन कसरी ? आखिर जसरी पुगे पनि उतातिर लगेर धोएर कालोधन लाई सेतो बनाएर फेरी नेपाल नै ल्याईन्छ र नेपालका राजनितिज्ञ दलले नै बिभिन्न उद्देश्यका लागि पुनःप्रयोग गर्ने गरेको छ । त्यो काम कसरी हुन्छ के छ यसका उपाई ?
नेपालमा च्याउ सरी खुलेका उद्दोगहरु, घाटामा भए पनि चलेका बिजिनेशहरु के कारणले राम्रै संग चलेकाछन त्यसका भित्रि कथा यसै भ्रष्टाचार संग जोडिएका छन । स्विस बैंक ले ३०० पानाका स्विसलिक्स सार्वजनिक हुँदा पनि कुनै पनि नेताका नाम नदेखिनुमा पनि धेरै ठुलो कारण छ । स्विस लिक्समा नाम नदेखिएमा तिनको संलग्नता नै छैन भन्न मिल्दैन । यसमा एक एक नेता कर्मचारी, व्यापारी सबै सलग्न छ तर लुकाइएको छ । स्विस बैंकको हिसावले नेपाली बिश्व कै धनी देशको लिष्टमा आउदै छ तर नेताहरुले आफनो स्वार्थका लागि जनतालाई यस विषय र जानकारीबाट धेरै नै टाढा राखेको छ । क्रमश ……………..