![]()
पिपुल्स न्युज : भनिन्छ सफलता पाउनु छ भने उमेरले छेक्दैन कसरी एउटा व्यक्ती दुखबाट उठ्न सक्छ, एकपटक अवश्य पढ्नुहोस् !!

• जति बेला उनि ५ वर्षका थिए उनले आफ्नो बुवालाई गुमाउनु पर्यो ।
• १६ वर्षको उमेरमा उनले स्कुल छोड्नु पर्यो ।
• १७ वर्षको हुँदा उनले ४ ओटा जागिरबाट निकालिनु पर्यो ।
• १८ वर्षको उमेरमा उनको विवाह भयो ।
• १९ वर्षको उमेरमा उनको छोरी जन्म्यो
. २० वर्षको उमेरमा उनको श्रीमतीले छोरीलाई साथमा लिएर अर्को बिहे गरीन ।
• ४ वर्ष उनले रेलमा खलासी भएर काम गरे । तर त्यहाँ पनि टिक्न सकेनन् ।
• उनी आर्मीमा भर्ती हुन खोजे तर सकेनन् ।
• उनी कानुन पढ्न भर्ना हुन खोजे तर उनलाई भर्ना लिन मानिएन ।
• त्यसपछि इस्योरेन्स एजेन्ट बनेर हिड्न थाले तर त्यहाँ पनि टिक्न सकेनन् ।
• उनले होटलमा भाडा माझ्ने काम सुरु गरे,
• उनी जीवनमा एक्ला थिए, यसैले उनले आफ्नै छोरीलाई अपहरण गरे र श्रीमतिलाई घर फर्कन बाध्य बनाए ।
• त्यसपछि उनि होटलमा कान्छा सरह पकाउने र भाडा माझ्ने काम गर्दै रहे ।
• त्यतिन्जेल उनी बूढो भैसकेका थिए, उमेरले ६५ नाघेपछि उनले होटल छोडे । त्यो बेला उनिसँग बचतमा जम्मा १५० डलर थियो ।
• जीवनको तमाम भगदौडमा उनी अति नै थाकेका थिए, त्यसैले उनले आत्नहत्या गर्ने सोचे, तर त्यसमा पनि पटक पटक असफल भए ।
• तब उनले आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण फेरे र फेरि एकपटक केही फरक गर्ने सोचे ।
• उनले आफ्नो साथीबाट ८७ डलर सापटि लिए र आफूले होटलमा काम गर्दा सिकेको सीप प्रयोग गरेर चिकन फ्राइ गरेर बेच्न सुरु गरे ।
• आफ्नो परिकारलाई लिएर रेष्टुरेन्टमा गए तर कुनैपनी रेस्टुरेन्टले यस्तो परिकार बजारमा नचल्ने भनेर बेच्न मानेनन् ।
• तर उनी कहिल्यै निराश भएनन्, बरु आफै घर घर गएर बेच्न थाले, उनको त्यो परिकार जनमानसमा खुबै मन पराइन थाल्यो ।
• उनले आफू बस्ने ठाउँ केन्टुकीबाट ‘केन्टुकी फ्राइड चिकन’ अर्थात KFC नाम राखेर व्यापार सुरुवात गरे ।
र, ६५ वर्षको उमेरमा आत्महत्या गर्न खोजेको यी व्यक्ती अन्तत: ८८ वर्षको उमेरसम्ममा अर्बपनी बन्न पुगे । त्यस कारण यसलाई उदाहरण मानेर जिबनमा हरेस खानु हुन्न हिम्मत हार्नु हुन्न सफलता अबस्य हात पर्छ।
हो, यी व्यक्ती हुन् हरनेल सेन्डर्स जसले जीवनमा प्रमाणीत गरे सयौं असफलता र दशौं वर्ष लागे पनि प्रयास जारी राख्नेहरू अवश्य सफल हुन्छन् ।

