![]()
पिपुल्स न्युज :
प्रत्यक्ष इन्धन लागत मात्र गणना गर्नुहोस् यदि निश्चय गाडि कम्तीमा दिनको 40 वर्ग गुड्च र 5 वर्ष पछि नै पुरै ब्याट्री फेरनु पर्न पनि EV कार पनि लागत प्रतिस्पर्धी देखियो ।
गणना : विकल्प I (EV) फुल चार्जमा ३० युनिट बिजुली खपत हुन्छ जसमा रु ३०० लाग्छ (बिजुलीको लागत रु १०/युनिट मानेर पाँच वर्षसम्म बढ्दैन)। पूर्ण चार्जले व्यावहारिक रूपमा 150 किमी माइलेज दिन्छ । यसको मतलब प्रति किलोमिटर रु २। पाँच वर्षका लागि (५ वर्ष × ३६५ दिन × ४० किमी/दिन × रु २/किमी) विद्युत खपत रु १४६००० हुनेछ ।
विकल्प : (उही दायराको पेट्रोल कार) माइलेज १३ किलोमिटर प्रति लिटर र पेट्रोलको लागत रु १७१/लिटर (आजको पेट्रोलको मूल्य र आगामी ५ वर्षसम्म यस्तै रहने अनुमान गर्दै) ।प्रति किलोमिटर इन्धन लागत १३.१५ हुन्छ । पाँच वर्षको लागि (५ वर्ष × ३६५ दिन × ४० किमी/दिन × रु १३.१५/किमी) कुल पेट्रोल खपत लागत रु ९६०२३० हुनेछ। ५ वर्ष भित्र इन्धन बचतः रु ९६०२३० (पेट्रोल) -१४६००० (बिजुली) = रु ८१४२३० आजको विश्वव्यापी बजारमा, EV को ब्याट्री लागत कारको लगभग 30% छ । यसको मतलब 5 वर्ष भित्र रु 814230 बचत गर्नु पाँच वर्ष पछि सम्पूर्ण ब्याट्री बदल्न पर्याप्त छ ।
नोट: माथिको गणनामा, पैसाको समय मूल्य, दुवै प्रकारका कारहरूमा प्रारम्भिक लगानी, वार्षिक मर्मत, वार्षिक कर र बीमा, मूल्यह्रास, ब्याज दर र दुवै प्रकारको पूँजी लगानीमा ब्याज रकम, दुवै प्रकारको पुन: बिक्री मूल्य पाँच वर्ष विचार गरिएको छैन।