![]()
२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस – माओवादी नेतृत्व सहितको गठबन्धन भत्किएको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।
स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।त्यसका लागि अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन । नयाँ बन्ने गठबंधन बाट सबै दलका एकएक जनालाई लिएर प्रचण्डको नेतृत्वमा नयाँ मन्त्री परिषद गठन हुने छ।
नयाँ गठबन्धनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र, रस्वापा, राजपा, नेकपा समाजवादी केन्द्र र राप्रपा सहभागी हुने एमालेका उच्च स्रोतले जनाएको छ।