सहकारीलाई गलत बाटो देखाउने बैंक मै बढेन ऋण सदस्य

Loading

पिपुल्स न्युज काठमाण्डाै – वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ । 

फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलव ४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७ दशमलव ४ प्रतिशत, नेपाल बैंकको ७ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८ दशमलव ५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७ दशमलव ६ प्रतिशत, नबिल बैंकको ७ दशमलव ७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८ दशमलव १ प्रतिशत, कुमारी बैंकको ८ दशमलव ०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।

फागुनमा कुन बैंकको ब्याजदर कति ? : –

  1. कृषि विकास बैंक : ६ दशमलव ४४ प्रतिशत,
  2. राष्ट्रिय वाणिज्य बैंक : ७ दशमलव ३५ प्रतिशत,
  3. स्ट्याण्डर्ड चार्टर्ड बैंक : ७ दशमलव ३५ प्रतिशत,
  4. प्राइम कमर्सियल बैंक : ७ दशमलव ४ प्रतिशत,
  5. नेपाल बैंक : ७ दशमलव २५ प्रतिशत,
  6. सानिमा बैंक : ७ दशमलव ५१ प्रतिशत,
  7. प्रभु बैंक : ७ प्रतिशत,
  8. नेपाल इन्भेस्टमेन्ट बैंक : ८ प्रतिशत,
  9. एनएमबी बैंक : ८ दशमलव ५ प्रतिशत,
  10. ग्लोबल आईएमई बैंक : ७ दशमलव ६ प्रतिशत,
  11. नबिल बैंक : ७ दशमलव ७६ प्रतिशत,
  12. नेपाल एसबीआई बैंक : ८ दशमलव १ प्रतिशत
  13. कुमारी बैंक : ८ दशमलव ०१ प्रतिशत,
  14. एनआइसी एशिया बैंक : ८ प्रतिशत,
  15. हिमालयन बैंक : ८ दशमलव १५ प्रतिशत,
  16. लक्ष्मी सनराइज बैंक : ८ प्रतिशत,
  17. माछापुच्छ्रे बैंक : ८ प्रतिशत,
  18. एभरेष्ट बैंक : ८ प्रतिशत,
  19. सिद्धार्थ बैंक : ८ प्रतिशत,
  20. सिटिजन्स बैंक : ८ दशमलव २५ प्रतिशत

Leave a Comment