![]()
पिपुल्स न्युज इटहरीः सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोट बरामद भएको हो ।
त्यो एक करोड ८२ लाख ५१ हजार रुपियाँ रहेको जानकारी प्रहरीले दिएको छ । बरामद गरेको नक्कली नोटको बण्डलमा एनआइसी बैँकको लोगोसहितको कागजले ¥याप गरेको देखिएको छ ।

एनआइसी एसिया बैँकको लोगोसहितको कागज हुँदा उक्त रकम एनआइसी एसिया बैँकबाट बाहिर गएको हो कि भन्ने आशंका गर्न सकिन्छ । तर, प्रयोग भएको कागज सक्कली नभई नक्कली रहेको एनआइसी एसिया बैँक इनरुवा शाखाले जनाएको छ ।
बैँकका इनरुवा शाखा प्रमुख दीपक पोखरेल नक्कली पैसा बैंकमा आउने बित्तिकै पत्ता लाग्ने भएकाले उक्त नगदमा प्रयोग भएको कागज नक्कली रहेको बताउछन् ।
नक्कली पैसा बनाउने समूहले बैंकको लोगो प्रयोग गरी नक्कली कागत बनाएर प्रयोग गरेको उनको दाबी छ ।
उनले भने ,“प्रहरीले पक्राउ गरेको नक्कली नोटमा एनआइसी एसिया बैँकको लोगो सहितको कागज बेरिएको सुनेका छौँ । नक्कली नोड बैँकमा आएपछि डिटेक्सन मेसिनबाट पत्ता लागिहाल्छ। यसमा प्रयोग भएको कागज नक्कली हो ।
यति ठूलो परिमाणमा बैंकबाट नक्कली नोटहरु बाहिर जानसक्ने कुनै आधार नै नभएकाले यो बैंकलाई बदनाम गराउने फण्डा मात्र भएको उनको भनाइ छ ।