![]()
पिपुल्स न्युज काठमाडौं : सहकारी संरक्षक नै भक्क्षक भए पछि कसको के लाग्छ भन्ने उखान प्रस्ट भएको छ सहकारी रजिस्ट्रार हुँदा घुस खाएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन्।
उनलाई बुधबार कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको हो । उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरिदिन भन्दै पर्वतलाई पत्राचार गरेको थियो ।
पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा आफूहरूले रजिष्ट्रार पराजुलीलाई घुस खुवाएको बयान दिएका थिए। संस्थाको स्याङ्जामा सेवा केन्द्र बिस्तार गर्दा तत्कालीन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका प्रमुख रजिष्ट्रार पराजुलीलाई १ करोड १५ लाख रूपैयाँ घुस दिएको बताएका थिए
पौडेल र अधिकारीलाई सर्वसाधारणले बचत गरेको २६ करोड रूपैयाँ अपचलन आरोपमा प्रहरीले पक्राउ गरेको थियो।