सुष्माको ऋण तिर्दै मधेश रविराजलाई दिए सब भन्दा बढी भोट

Loading

Peoples Online News नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साह गाउनमा जति तेज छन्, दर्शकका मनमा बस्न पनि उत्तिकै तेज देखिएका छन् । नेपाल लोकस्टारमा धमाल मचाइरहेका प्रदेश २ सर्लाहीका रविरराज ‘टप ११’ प्रवेशमा सबैभन्दा बढी मत पाएका छन् । टप ११ का लागि छनोट भएर आएका १२ जना प्रतियोगी मध्ये सबैभन्दा अत्यधिक भोट पाएका रविराज टप ११ को सेफ जोनमा सजिलै पुग्न सफल भएका छन् । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल लोक स्टारमा यससँगै रविराजको दावेदारी बलियो मानिएको छ . यस अघि मधेशबाट प्रतिनिधित्व गरीरहेका अर्का प्रतियोगी सुस्मा कुमारी झा बाहिरिएका थिए । झाको सुरीलो स्वर लाई सधै जजहरुले सराहना गरे पनी उनी अरु प्रतियोगी भन्दा कम भोट ल्याएका कारण उनको टप १२ सम्मको पुग्ने यात्रा टुंगिएको थियो । 

मधेशीले अवसर पाउदैन र पाए पनि मधेशबाट धेरै सहयोग हुदैन भनेर अवाज उठी रहदा  रविराज साहलाई मधेशबाट  धेरै समर्थन भेटाएको छ । मधेशले सुस्मा कुमारी झा लाई धेरै सहयोग गर्न असफल भए पनि आफ्नो ऋण रविराज साह लाई सबैभन्दा बढी भोट गरेर तिर्न कोशिश गर्दै छन् ।
आईएमई नेपाल लोकस्टारको मञ्चमा मधेशको अर्को उदितनारायण झा भनेर पहिचान बनाउन सफल रविराज लाई तपाईं दर्शकहरु कै सहयोग र समर्थनको आवश्यकता देखिएको छ । सँचार र प्रचारको अभावमा तथा प्रविधिक ज्ञानको अभावमा पनि सुष्मालाई गुमाएका मधेशले रविलाई भने जीताउन कम्मर कसेको देखिएको छ ।

स्वर र कलाकी धनी मानिएकी सप्तरीकी सुष्मा झाले स्वरीली आवाज दिएर जजीस्टहरुको मन समेत मोहेकी थिइन, तर शो को नियमानुसार भोटिंग प्रक्रियाले गर्दा उनले धेरै सहयोग र भोट भने पाउन सफल भइनन् । कारण प्रविधि र प्रचारको कमी पनि देखिएको थियो । सुष्मा सुरुमा उदाएकी कारण भोटिंग प्रक्रियाले अत्यधिक प्रभाव पारेको देखिएपनि विभिन्न माध्यमबाट आम सर्वसाधारणले बुझ्दै जाँदा रविको लागि भोट दिरहेको देखिएको छ । रवी अहिलेसम्म सबभन्दा बढी भोट पाएर सेफजोनमा ल्याण्डिँग गरिसकेका छन् । उनलाई अझ भोंटको खाँचो रहेको छ ।

भोटिंग आउँदो विहिबार राती ८ः३० बजेदेखि मात्र खुल्ला भई शुक्रबार दिउँसो १२ बजे बन्द हुन्छ ।

नेपालका लागि : Type L(space)01 Send to 37000 OR Dial from landline : 166677 Enter voting code : 01

भारतका लागि : Type L(space)01 Send to 53010

कतारका लागि : Type L(space)01 Send to 92300

#नोट: एउटै मोबाइलबाट जति पटक पनि भोट गर्न सकिन्छ । साथै IME PAY मोबाइल Appबाट समेत भोट गर्न सकिन्छ । savar

Leave a Comment