![]()
Peoples News Ktm ह्याकर आक्रमणपछि गए रातिदेखि बन्द रहेका वाणिज्य बैंकहरुका एटिएम सञ्चालनमा आएका छन्। सम्बन्धित बैंकको एटिम मेसिनबाट मात्र पैसा निकाल्न मिल्ने गरि संचालनमा आएको नेपाल बैंकर्स एशोसीएशनले जनाएको छ।
ह्याकरले एटिएमको पैसा झिके पनि व्याक्तिगत खाताबाट भने पैसा ननिकालिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
एटीएम
सर्भर ह्याक भए पछि नेपाली बैंकहरुको एटीएम सर्भर प्रोभाइडर संस्था
नेप्सले सुरक्षाका लागि बैंकहरुको सर्भर डाउन गरेको थियो। बैंकहरुले सेवा
सुचारु गर्न अनुरोध गरेपछि प्रायः बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको हो।
केहीले आफ्नो आन्तरिक सिस्टम समीक्षा गरिरहेका छन्।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार आफ्नो बैंकको मात्रै एटीएम कार्ड सुचारु गर्ने गरि एटीएम सुरु गरिएको हो।
”नेपालको बैकिंग प्रणाली कति सम्म सुरक्षित छ भन्ने कुरा केही चीनियाँ नागरीकले २ दिनमा ह्याक गरेरे करोडौ रक़म एटिएम बाट निकालेको पुष्टी हुन्छ । नियमनकारी निकायले वित्तीय लेखा परीक्षण मात्र हैन समय समय मा प्राविधिक अडिट पनि गर्नु पर्यो ।” यो घटना पछि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समिति सदस्य प्रबल जंग पाण्डेले आफ्नो फेसबुक वालमा लेखेका छन्।