संयोजकमा हेम शेर्पा प्रवासी नेपाली एकता मञ्च स्पेन

Loading

Peoples News स्पेन-नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको दुई भातृ संगठन प्रवासी नेपाली मञ्च तथा नेपाली प्रगतिशिल मञ्च स्पेन विधिवत रुपमा एकता भएको छ । दुई संगठनका अध्यक्ष सहितको पूर्ण कार्यसमितिको उपस्थितिमा संयोजकमा हेम शेर्पा र सचिवमा अशोक किरण न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको एकता घोषणा सभामा उपस्थित नेपाली जनप्रगतिशिल मञ्चका पुर्व युरोप महासचिव गंगा भुषालले बताए । भुषाल भन्छन्,“पेनमा आ–आफ्नो ईतिहास बनाउन सफल दुई बामपन्थी संस्था एकता पछि झनै शसक्त रुपमा सामाजिक क्षेत्रमा नेपाली समुदायलाई परेको अपठ्यारोमा सहयोगी बन्न थप जिम्मेवारी बढेकोमा गर्व महशुस भएको छ ।”
एकता पछि संम्योजक शेर्पाले भने,“प्रवासमा नेपाली समुदायहरुमा बामपन्थी आस्था भएका सम्मपुर्ण मित्रहरुलाई गोलबद्ध बनाउदै हात्तेमालो गदै आगामी दिनमा हिजो दुई छुट्टा छुट्टै संस्थाले गरेको गतिविधि भन्दा अझ थप काम गर्ने जिम्मेवारी आफ्नो काधमा बढेकोमा गर्व महशुस भएको छ ।”
नेपालमा दुई कम्युनिष्टको एकता पछि पनि तिनका जनवर्गीय संगठनहरुले एकतालाई केन्द्रको मुख ताकेर बस्दा पुर्णता पाउन नसकेपछि दुई संस्थाका पदाधिकारी मिलेर सर्वसम्मत रुपमा टुंगोमा पुर्याएका हुन् । विगत लामो समय देखि दुई ठूला पार्टी एकता पछि भातृ संगठनका अध्यक्षहरुले केद्रको बाटो पर्खदा कार्यकर्ताहरुमा निरासा बढ्दै गएपछि आफ्नै पहलमा एकतालाई मुर्तरुप दिएको समेत संयोजक हेम शेर्पाले बताए । समितिका सचिव अशोक किरण न्यौपानेले भने विगतका तितामिठा कुरालाई विर्सेर भावि कार्ययोजना सहित नेपाली समुदायहरुलाई थप सहयोगको भावनाले शिप मुलक तथा कागजपत्र नभएका नया नेपालीहरुलाई क्षमतावान नेपाली बनाउन आप्नो संस्था त्यस तर्फ लाग्ने प्रतिबद्धता रहेको बताउछन् । एकता पश्चात नेपाली प्रगतिशिलका मञ्चका पुर्व अध्यक्ष अर्जुन आर्चायलाई युरोप कमिटिमा पठाउने सहमति सहित नया ३५ कार्यसमिति चयन भएको समेत सचिव न्यौपानेले बताए । karobar

Leave a Comment