विद्यालय नियमित सञ्चालन गर्न निर्देशन

Loading

Peoples News : असोज ५ गते । पोखरा महानगरपालिकाले नियमित रुपमा विद्यालयलाई सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले एक सूचना जारी गर्दै आन्दोलनका नाममा पठनपाठनमा अवरोध नपुर्‍याउन आग्रह गरेको छ । विद्यालय शान्तिक्षेत्र भएकाले आन्दोलनका कार्यक्रम अगाडि बढाउँदा विद्यार्थीहरुको निर्बाध पढ्न पाउने नैसर्गिक अधिकारसमेत हनन भएको महानगरको ठहर छ । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेका हुन् । उनीहरुका आन्दोलनका कारण बिहीबारको नियमित पढाइ प्रभावित बन्न पुगेको छ ।

Leave a Comment