श्री एयरलाइन्सले ल्यायो नयाँ विमान

Loading

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले नयाँ विमान थप गरेको छ । एयरलाइन्सले क्यु ४०० विमान ल्याएको कम्पनीको जानकारी दिएको छ ।
कम्पनीले क्यानेडियन कम्पनीको बम्बार्डियर क्यू सिरिजको दोस्रो बिमान ल्याएको हो । योसँगै कम्पनीको जहाजको संख्या ६ पुगेको छ । कम्पनीे यही मोडेलको बिमान २ साता अगाडि पनि ल्याएको थियो । कम्पनीले पोखरा र भरतपुरका लागि उडान गर्नेछ । यसका लागि नागरिक उड्ययन प्राधिकरणबाट उडानको अनुमति पाएसँगै उडान भर्ने कम्पनीले जानकारी दिएको छ ।
८० सिट क्षमताका बिमान कम्पनीसँग भएका अन्य सिरिजका जहाजको तुलनामा कम इन्धन खपत गर्ने कम्पनीले जानकारी दिएको छ ।
अहिले श्री एयरलाइन्ससँग ५० सीट क्षमताका सिआरजे २०० बिमान २ वटा, ७० सीट क्षमताका सिआरजे ७०० बिमान २ वटा र क्यू सिरिजको बिमान २ वटा भएका छन् । shrot

Leave a Comment