घर मालिकबाटै पटक–पटक बलात्कार

Loading

Peoples news झापाको मेचीनगर नगरपालिका–९ मा एक किशोरीले ब्ल्याकमेल गरेर घर मालिकले पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छन् । आफ्नै घर मालिकले ब्ल्याकमेल गरेर विगत एक वर्षदेखि बलात्कार गर्ने गरेको आरोप १७ वर्षीया किशोरीले लगाएकी हुन् ।
६० वर्षीय विष्णु खड्काले पटक–पटक बलात्कार गरेको किशोरीले बताएकी छन् । किशोरीले असार ३ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा खड्का विरुद्ध किटानी जाहेरी दिएकी छन् । “बलात्कार गरेको कसैलाई सुनाए परिवारकै ज्यान मार्ने धम्की दिएको थियो,” किशोरीले भनिन्, “ज्यान मार्ने धम्की दिएकै कारण आमालाई सम्म सुनाउन सकिन ।” किशोरीकी आमाले छोरीलाई पटकपटक बलात्कार गर्दै आएको रहस्य असार २ गतेमात्रै थाहा पाएको बताइन् । बलात्कार गर्दा किशोरी चिच्याएपछि खड्का फरार भएपछि स्थानीयले किशोरीलाई बेहोस अवस्थामा फेला पारेकोे बताएका छन् ।
स्थानीय जनप्रतिनिधिलाई खबर गरे पनि कारबाहीमा कुनै पहल नगरेकोे किशोरीकी आमाले बताइन् । पीडक खड्काले घटनाबारे कतै पनि हल्ला नगर्न परिवारलाई बारम्बार धम्की दिएको, कसैलाई भने परिवारलाई नै मार्नेे, घरबाट निकालिदिने धम्की दिएको पीडित युवती सुनाउँछिन् ।
उजुरी दिए पनि सुरुवाती दिनमा अनुसन्धानमा प्रहरीले आनाकानी गरेको आरोप पीडित पक्षले लगाएका छन् । इलाका प्रहरी कार्यालय धुलावारीका इन्स्पेक्टर कोमल ठाकुरले भने, “पीडित किशोरीको मेडिकल रिपोर्ट आइसकेको छ । सबै प्रक्रिया मार्फत् खड्काको खोजी कार्यलाई तीव्र पारिएको छ ।” savar

Leave a Comment