सबै सहकारी डुबेको होइन केहि गलत मिडियाको स्टन्टबाजीको कारण हाल्ला मात्र

Loading

पिपुल्स न्युज काठमाडौँ : केहि समय देखि बजार तातिएको अबस्थामा सहकारी डुब्यो, खाएर भाग्यो, समिति थुनुवामा गए जस्ता बकम्फुसे समाचार पोस्ट गरेर आफ्नो दुनो सिधा गर्न खोजेको मिडिया कै कारण हद भन्दा बढी सहकारीको नाम बद्नाम भए

कुनै कुनै सहकारी हद भन्दा माथि गएर बैंकको सहकार्यमा गरेको लगानी उठ्न नसकेको अबस्थामा असहज परिस्थिति भएको खण्डमा केहि स्वचालित मिडियाले भाग्यो, डुब्दै जस्ता भ्रामक समाचार पोस्ट गर्दा जनता एकासी सहकारीमा फिर्ता लिन पुग्दा सहकारी डुबेकै हो भन्ने भान भयो जसको नतिजा सिंगो सहकारीले भोगे

सहकारीमा भएको बचत सहकारीले आफैसंग राख्दैन कतै न कतै लगानी गरेका हुन्छन त्यस्तो अबस्थामा हाल्ला सुनेर बचत फिर्ता लिन आउदा बचत भएका सबै रकम एकै चोटी फिर्ता दिन सक्ने आधार पनि रहदैन र एकमुस्ट फिर्ता दिन नसक्दा बाहिर सूचना गयो सहकारी डुब्यो र त्यस्ता सुचनाको तह सम्म कुनै मिडिया नगई बजारमा 2/4 जनाले हाल्ला गरेकै भरमा वा पैसा फिर्ता नपाएर बिचौलियाको सहयोगमा बिभाग सम्म पुगेर निबेदन दिने र त्यहि निबेदनलाई आधार मानेर समाचार पोस्ट गर्ने मिडिया नै हुन सहकारीलाई बद्नाम गर्ने

त्यस कारण 5/10 ओटा सहकारी बाहेक कुनै सहकारी समायमा पारेको छैन, ति सहकारीको पनि ऋण र लगानी उठे त्यस्तालाई पनि समस्या हुने छैन

बैंक संग ऋणीलाई धम्काउने जग्गा लिलाम गर्ने सामाजिक बदनामी गर्ने जस्ता हतियार हुन्छ तर सहकारी को त्यस्तो सुचना बाट कोइ डराउदैन त्यस कारण पनि सहकारीमा ऋण लिने हरु ले नै हो सहकारी लाई बद्नाम गर्न बढी उत्सुकता देखाएको सहकारी मा हुने हाल्ला मा हो हो भन्ने अल्झाई रहे ऋण तिर्नु नपर्ने जस्ता ज्ञानी ऋणीको कारण पनि देश भरि को सहकारी भए बद्नाम

बचतकर्तालाई न्याय दिलाउने प्रलोभनमा परेर बचत उठाई दिन्छु आधि आधि गर्नु पर्छ भन्ने बिचौलियाहरुको कारण पनि सहकारी क्षेत्रलाई असहज भएको अवस्था छ तर सहकारी सहज हुदा पनि बजारमा हेर्ने दृस्टीको कारण पनि सिंगो सहकारी क्षेत्र धराइसी अबस्थामा पुगे

त्यस कारण सहकारीमा बढि ब्याजको लोभमा जम्मा गर्नु हुन्न, बढी ब्याज दिन्छु भनेर पनि सहकारी क्षेत्र ले लोभ देखाउनु हुन्न, ऋण लिए पछि तिर्नु पर्छ भन्ने सोच बनाउनु हरेक को कर्तब्य हो, सहकारी आबद्ध सबै ब्यबसायको हो सहकारी बैंक होइन ब्यबसायलाई व्यापार ब्यबसायमा एउटा आधार देखाउने स्तंभ हुन

छिमेकी ले बिना अर्थ तपाइलाई केहि गर्न पनि ऋण दिदैन तर बाउले दिन्छ हो छिमेकी भनेको बैंक हो र सहकारी भनेको बाउ हो त्यती बुझे आफ्नो जीवन सुधार्न सकिन्छ नबुझे उभो लाग्न सकिन्न

सहकारीले एकै पटक सबै रकम फिर्ता दिएन भनेर बिग्रियो भनेर हल्लाको पछि नलगाउन सहकारी तपैकै आफ्नै सहकार्य बाट चल्ने भएको ले त्यसलाई आफ्नो परिवार सम्झेर सहकार्य गरौ र खुसि जीवन बिताउ तपाइको आफ्नो मित्र भनेकै सहकारी हुन बैंक होइन

Leave a Comment