![]()
पिपुल्स न्युज : मधेश प्रदेशका सबै वडाहरु (१,२७०) मा जर्मनीको welt hunger hilfe नामक संस्थाको सहयोगमा जैविक प्रविधिबाट आर्गेनिक मलखाद, कम्पोस्ट मल, झोल मल आदि उत्पादन गर्न प्रस्ताव आएको छ। यस परियोजना मार्फत सबै वडाहरुमा जैविक प्रविधिको साना उद्योग संचालन हुने छ। यस उद्योगबाट भएका उत्पादनले रसायनिक मललाई विस्थापन गर्ने छ र जमीनको उर्वरा शक्ति बढ़ाउने छ।
यस परियोजनाको दातृ संस्थाले जमीन र यसमा प्रयोग हुने शेड बाहेक उद्योग संचालनका लागी आवश्यक सम्पूर्ण सामान, मशीन, प्रविधि, प्रशिक्षण आदि उपलब्ध गराउने छ। यस उद्योगका लागी ईच्छुक व्यक्ति/ समूह/ संस्थाहरुले चैत्र २५ गते भित्र आफूले संचालन गर्न चाहेको वडा नम्बर सहित निम्न व्यक्तिलाई सम्पर्क गर्न हार्दिक अनुरोध छ।
मा. ई. बसन्त कुशवाहा – निजी सचिवालय
सन्त साह: +977 9817619069
प्रमोद ईशर: +977 9816339495
अर्जुन कुशवाहा: +977 9811297460