ऋणीको सम्पति बेच्दै ऋण उठाउदै सहकारी

Loading

 

पिपुल्स न्युज काठमाडौं । ऋणी ले सहकारीलाई बद्नाम गरि ऋण बुझाउने बाट बच्ने जमाना गए सहकारी ऋण कोष बचत तथा ऋण सहकारी संस्थाले ऋण चुक्ता नगर्ने ऋणीको अटो बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको छ । संस्थाका ऋणी जिवन खड्काले हायर पर्चेज कर्जा शिर्षक अन्तर्गत कर्जा लिएर ऋण चुक्ता भुक्तानी नगरेकाले धितोमा राखिएको सवारी साधन बिक्री गर्ने भएको हो ।

खड्काले कर्जाको साँवा, ब्याज तथा हर्जाना रकम अबको १५ दिन अर्थात् पुस ५ गतेभित्र नबुझाएमा अल्टो ८००–एसटीडी बा २ ज ४३९८ मारुती ट्याक्सी बिक्री गरेर आफ्नो रकम असुल गर्ने संस्थाले जनाएको छ ।

उनले लिखित शर्त बमोजिम तोकिएको समय अवधिमा तिर्न, बुझाउनु पर्ने कर्जाको साँवा, व्याज तथा हर्जाना रकम समेत नतिरेको सहकारीले बताएको छ । पटक–पटक मौखिक तथा लिखित पत्र मार्फत ताकेता गर्दा समेत संस्थाको ऋण कर्जा चुक्ता भुक्तान गर्ने तर्फ कुनै चासो नदेखाएको सहकारीले जनाएको छ ।

Leave a Comment