सन्दिपलाई बलात्कारको आरोप लगाउने महिलालाई नै जेल हुन सक्ने सम्भावना बढी

Loading

पिपुल्स न्युज काठमाडौं असोज २४

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवशायीले दावी गरेका छन्। ती युवतीको दुईवटा नागरिकता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ।

सन्दीपलाई अदालतबाट ७ दिन म्याद थप, इजलासमा भने, ‘म निर्दोष छु’

नेपाली क्रिकेट टिमका कप्तान रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन म्याद थप गरेको छ।

जिल्ला अदालतले असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए।

प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो। इजलासमा लामिछानेले आफू निर्दोष रहेको दावी गरेका छन्। उनले आफूले जबरजस्ती करणी नगरेको र सहमतिमै भएकाले दोषी भन्न नमिल्ने जिकिर गरेका छन्।

जिल्ला अदालतका एक न्यायाधीशको इजलासले सोमबार पहिलो पटक म्याद थप गरेको हो। अब दोस्रो पटक म्याद थपका लागि असोज २७ गते अदालत पेस गर्नु पर्नेछ।

नालालिगलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि सन्दीप न्यायिक हिरासतमा रहेका छन्। यसअघि दशैं बिदाका कारण उनलाई अदालत पेस गर्न सकिएको थिएन। आजबाट अदालतको सेवा सुरु भएकाले अदालत लगिएको हो।

Leave a Comment