जिम्मेबारीबाट पन्छिने र मलाई थाहै छैन त्यतिकै राख्यो भन्ने बानिमा बिभागको कडाई

Loading

पिपुल्स न्युज काठमाडौं : केही सहकारी संस्थाहरुमा समस्या आउन थालेपछि सञ्चालकहरु जिम्मेवारीबाट अलग गराईपाउ भनि सहकारी विभागमा धाउन थालेका छन् ।

सहकारी विभागले त्यस्ता सञ्चालकलाई सहकारी संस्थामा जिम्मेवारी र जवाफदेहिता रहने भन्दै जिम्मेवारीबाट नपन्छन निर्देशन दिएको छ ।

‘संस्था राम्रैसँग सञ्चालन हुँदा संस्थागत संलग्नताको पदिय हैसियत सहित आफूलाई परिचय गराउने तर संस्थामा समस्या देखिन थालेपछि सञ्चालक समितिमा त्यत्तिकै राखिदिएछन्, संचालक समितिको सदस्य भएपनि मलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन खोज्ने गरेको देखिन्छ । केहीले जिम्मेवारीबाट अलग गराइ पाँउ भनि विभागमा आउने गरेको पाइन्छ’, सहकारी विभागले आज जारी गरेको निर्देशन पत्रमा भनिएको छ ।

सहकारी संघ/संस्थामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने भएको र प्रत्येक संचालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने विभागले स्पष्ट पारेको छ ।

प्रत्येकले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिवद्दताका साथ कार्यसम्पादन गर्न गराउन विभागले निर्देशन गरेको छ ।

Leave a Comment