![]()
पिपुल्स न्युज : पर्सा जिल्लाको प्रथम बार्षि्कोत्सब श्री राम कपुर चौधरीको अध्यक्षता तथा खो खो संघको सचिब श्री आकास पटेलको प्रमुख अथितियमा नारायणी रंगशालामा जिल्ला खो-खो सँघ पर्साको प्रथम बर्षिकउत्सव भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा जिल्ला खो-खो सँघ पर्साको १५ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ! जसको अध्यक्षमा राज कपुर चौधरी, उपाध्यक्ष दिपक साह, सचिव रानु दास, सह-सचिव रबिन्द्र यादव, कोषाध्यक्ष बजरँगी पटेल र सदस्यहरुमा सुशील गुप्ता, प्रेम यादव,सुनिल यादव, निभा चौधरी, उपेन्द्र पटेल, संगीता चौधरी, महालक्ष्मी चौधरी,चन्दन महतो दिपेन्द्र साह र सकलदेव यादव रहेका छन्! खो-खो सँघ पर्साका अध्यक्ष राज कपुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको बार्षिक उत्सवको प्रमुख अतिथिमा खो-खो सँघ मदेश कमिटीका सचिव आकाश पटेल रहनु भएको थियो! जसमा युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज अनिल पटेल , नेपाल खेलकुद महासंघ समाजबादीका जिल्ला सदस्य अफजल अंसारी , नेपाल खेलकुद महासंघ समाजबादीका पर्सा जिल्ला अध्यक्ष विशेश्वर पटेल र जिल्ला बक्सिङ सँघ पर्साका अध्यक्ष वीरेन्द्र भट्टराईको बिशेष उपस्थिती रहेको थियो!!


नव निर्वाचित समपूर्ण पदाधिकारीज्यूहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना!!