बालेनको अर्को प्रहार गौशाला स्थित मुक्तिनाथ बिकास बैंक माथि

Loading

पिपुल्स न्युज काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशलास्थित मुक्तिनाथ बिकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखिएकाले तत्काल हटाउन निर्देशन दिएको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार गौशालास्थित मुक्तिनाथ विकास बैंक रहेको भवनसमेत जानकारी लिने र आवश्यकता अनुरुपको निर्देशन र कारबाहीको प्रक्रिया अघि बढाउने भन्दै खाली गर्न निर्देशन दिइएको हो ।

गत सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वको टोलीले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिइसकेका छन् ।

हिजौ मात्रै पनि महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडस्थित आरबी कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

Leave a Comment