![]()
पिपुल्स न्युज साउन, काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई जोखिम मूल्यांकन गरी समान्य अवस्था भन्दा बढी तरलता कायम राख्न आह्वान गरेको छ । महासंघले एक अपील जारी गर्दै जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।
सहकारी भाग्ने बंद गर्ने बाताबरण बन्दै गएको अवस्थालाई मध्य नजर गरि सहकारीको लगानीमा अंकुस लगाइएको महासंघको भनाइ, सहकारीको मनपर्दी लगानी संचालक समितिको निजि सिफारिसबाट गरिएको लगानी, कर्मचारीले कमिसन खाएर गर्ने गरेको सिफारिस, आफन्त/साथी भाईमा लगानीको कारण समेत सहकारी जोखिममा परेका छन् सहकारीले सिमा भन्दा बाहिर गएर गरेको लगानी ले समेत सहकारीमा ठुलो समस्या आएको हो, तिनका अनुसार लगानी गर्नु ठुलो कुरा होइन बजारको समस्याले ऋण असुल्नु ठुलो कुराको समस्याले सहकारीले आफ्नो छाप मेटाउदै गएका छन् धेरै जसो सहकारी भाग्नाले अन्यलाई समेत हेर्ने नजर एउटै भएको ले पनि त्यस्ता सहकारीलाई समेत दैनिक कारोबार गर्न समस्या भएको हो
सहकारीमा पैसा छ भन्दै घर जग्गा वा अन्य तरिकाबाट ठुलो लगानी गर्न रोक लगाइएको छ, महासंघले ठुलो लगानी गर्दा हालको परिस्थितिमा कुनै पनि ऋणीले ऋण तिर्न सक्ने अवस्था छैन महासंघले भने घर जग्गाको ऋण दिनै पर्ने अवस्था रहे वा ऋणी ले ऋण फिर्ता गर्न सक्ने बाताबरण देखिएमा दोहोरो मुल्यांकनको बढीमा पच्चीस प्रतिशत मात्र दिने गरि निर्देशन गरिएको छ सहकारीको र तरलताको अवस्था साम्य नभए सम्म कुनै सहकारीले यस निर्देशनलाई अटेरी नगर्न समेत आग्रह गरेका छन्
पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको तथा कर्जा असुलीमा पनि समस्या भएको घटनाहरु बढ्दै गएपछि महासंघले मंगलबार उक्त अपील सार्वजनिक गरेको हो ।
महासंघले अहिले असहज अवस्था रहेको भन्दै परिस्थिति सहज नहुँदासम्म घरजग्गा र ठूलो लगानी नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघले सुझाव दिएको छ ।
‘कोभिड-१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावको प्रभाव सहकारीमा पनि परेको छ,’ महासंघको अपीलमा भनिएको छ, ‘कतिपय सहकारी संस्थामा तरलताको चाप पर्दा सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाइ भइरहेको छ ।’
महासंघले सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुलाई धैर्यतातथा सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्न अनुरोध गरेको छ । महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउन आह्वान गरेको छ ।
त्यस्तै सदस्य एवं सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न महासंघले अपील गरेको छ । सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न, सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसँग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्न आह्वान गरेको छ ।