![]()
पिपुल्स न्युज काठमाडौँ : समस्यामा किन पुग्दैछन् सहकारी ? : सहकारीको नियमन फितलो हुँदा संचालकले आफूखुशी लगानी गरिरहेका छन्। उनीहरुले छोटो समयमा धेरै नाफा कमाउने क्षेत्रमा लगानी गर्दा सहकारी डुब्ने गरेको छ । घर जग्गामा लगानी गर्दै समयमा नउठ्ने वा उठ्दै नउठ्ने कारण पनि एक हुन सहकारी डुब्ने, सहकारीले लगानी गर्ने पैसा ब्यबसायिक नभई ब्यापारिक भएर नै हो सहकारी ओरालो लागेको अबस्थामा आउनु, संचालक समितिले सहकारीलाई सहि दिसा दिए सहकारी राम्रो अबस्थामा हिन्ने र फर्किने हुन्छ तर समिति सदस्यले नै मनपरी गर्न थाले पछि भने सहकारीले ओरालोको बाटो अपनाएर तरलता अभाब हुदै भाग्ने अबस्थामा पुग्छ!
डुबेका अधिकांश सहकारी घरजग्गा र सेयरमा धेरै लगानी देखिएको छ। ‘धेरै नाफा हुने क्षेत्र घरजग्गा नै हो। त्यही भएर अर्बौ कारोबार गर्ने सहकारीका अध्यक्ष र संचालकले आफूखुशी घरजग्गामा कारोबार गर्ने र कारोबारमा मन्दी आएपछि समस्यामा पर्ने गरेको देखिएको छ,’ विभागका एक कर्मचारीले भने, ‘कोभिडपछि धेरैले घरजग्गामा लगानी गरे। भाउ उकालो पनि लाग्यो। तर अहिले तरलता अभावसँगै कारोबार रोकिँदा सहकारीहरु समस्यामा परेका हुन्।’
ती कर्मचारीका अनुसार सहरी क्षेत्रका धेरै सहकारीले साना साना बचतकर्ताबाट उठाएको पैसा घरजग्गा कारोबारमा लगाएका छन्। ती सहकारी विस्तारै समस्यामा परेर निक्षेपकर्ताले रकम नपाउने अवस्था आउने उनी बताउँछन्। ‘विभागले सहकारीको नियमन गर्न सक्ने अवस्था छैन। अर्बौ रुपैयाँ कारोबार गर्ने कम्पनीका अगाडि विभाग निरीह छ,’ उनले भने, ‘अहिलेको तरलता अभाव हेर्दा यो वर्ष धेरै सहकारी डुब्ने र लाखौं निक्षेपकर्ताले निक्षेप नपाउने अवस्था आउने देखिएको छ।’
विगतमा घरजग्गाको कारोबारबाट ओरियन्टल सहकारी समेत डुबेको थियो। ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत थिए। घरजग्गाको कारोबार चम्किएपछि उनले सहकारीको पैसा त्यतै लगाए। तर राष्ट्र बैंकले ऋणमा सीमा तोकिदिएपछि तासको पत्तिजस्तै उनको व्यवसायिक साम्राज्य ढल्यो।
उनले ओरियन्टल सहकारीबाट अर्बौ रुपैयाँ घरजग्गामा लगानी गरेका थिए। त्यहाँ पैसा राखेका धेरैले अहिलेसम्म पनि निक्षेप फिर्ता पाएका छैनन्। सिभिल सहकारी पनि घरजग्गाकै कारण डुबेको हो। ती कर्मचारीका अनुसार सरकारले नियमन नगर्ने हो भने धेरै जनता सहकारीबाट पीडित बन्नेछन्।