![]()
पिपुल्स न्युज घर वरिपरि खेल्दै गरेको ६ बर्षको छोराले भन्यो: बाबा, बाबा मलाई खुट्टामा घाउ भएको छ रगत बगिरहेको छ! 6 बर्षको छोराको मुखबाट सुन्ने बित्तिकै बुबाले सबै आफ्नो काम धाम छोडेर छोरालाई दुई हातले उचालेर घर देखि २ किलोमीटर टाढाको किल्निक सम्म दौद्डै लिएर पुग्छन । गाउँमा आफ्नो किराना पसलको क्यास काउन्टर नोकरको बिश्वासमा छोडेर आउँछन् । सिधै डाक्टरको क्याबिनमा पुग्छन् र डाक्टरलाई भन्छन् यहाँ हेर्नुस् न डाक्टर साभ, मेरो छोरालाई के भयो।
डाक्टर साभले हेर्दै भन्नुभयो: दाइ, चिन्ता मान्नु पर्दैन यो मामुली सानो चोट हो.. ड्रेसिङ्ग गर्दिन्छु ठिक भैहाल्छ ।
डाक्टर साभ पेन किलर दिनुभएको भए बाबुको दुखाइ कम हुने थियो। यहाँ भएको सबैभन्दा राम्रो औसधि दिनुहोस् ताकि घाउ चाँडै निको होस् ।
डाक्टर: ए, दाजु किन यति धेरै आत्तिनु भएको तपाईंको छोरालाई केही भएको छैन २-४ दिनमा निको भैहाल्छ नि।
तर डाक्टर साभ उसलाई राति निन्द्रा त लाग्छ नि।
डाक्टर: ओ हो दाजु, चिन्ता नलिनुस न निन्द्रा मज्जाले लाग्छ।
छोरा लिएर घर आएपछि नोकरले भन्यो: साउजी तपाईंको महंगो सर्ट-स्ट्रकोट बिग्रीयो , सबै रक्ताम्य भयो। यि दागहरु धुएर जादैनन ।
ठिकै छ ‘भाइ’ यस्ता सर्ट स्ट्रकोट आउने जाने गरिरहन्छ । छोराको खुट्टाको घाउबाट धेरै रगत बगेको छ उ कमजोर भएको छ तिमी गएर अनार, अंगुरहरु लिएर आउ उसलाई म मेरो हातले खुवाउँछु ।
* ४० बर्षपछि *
गाउँ – गाउँपालिका भएको छ, किराना पसल होलसेलमा परिणत भएको छ ।
साउजीको छोराले ब्यापार राम्रोसँग चलाइ रहेको छ ।
साउजी रिटायर्ड हुनुभयो , घरमै बस्नुहुन्छ ।
घरबाट छोराको श्रीमतीको फोन आउँछ;
श्रीमती: सुनिराख्नु भएको छ , पलङबाट तपाईंको बुबा लड्नुभएछ टाउको बाट रगत बगिरहेको छ ।
छोरा: अरे यार यो बाउ पनि , भुइँमा सुत भनेको मान्दै मान्दैनन् पलङमा सुत्छन । ए, रामु काका घरमा गएर बुबालाई डाक्टरकोमा लिएर आउनु त म उतै आउछु ।
बूढो भएको नोकर रामु काका बिस्तार बिस्तारै घर पुग्छन् त्यती बेलासम्म बुबाको टाउकोबाट धेरै रगत बगिसकेको थियो।
बुहारीले मुख बिगार्दै भनिन्: छिटो लैजाउ यति महंगो कार्पेट सबै बिग्रीयो ।
रामु काकाले आफू आएको रिक्सामा बसालेर छिटो-छिटो गरेर किल्निकमा लिएर गए ।
छोरा किल्निक अहिलेसम्म पुगेको थिएन
काकाले फोन गर्दा छोराले भन्यो: हेर्नुस् न काका यो कारको चाबी पनि कहाँ राखे-राखे भेट्टिएको नै भिएन भर्खर भेटे, अहिले ग्राहकहरु धेरै जम्मा भएका छन् तपाईं बुबालाई लिएर बस्दै गर्नुस म आइहाल्छु ।
जुन ४० बर्ष अगाडि एउटा बुबाले छोराको खुट्टाको पैतालामा रगत बगेको देखेपछि दुइ हातले काखमा बोकेर खाली खुट्टा दौडदै दुई किलोमीटर १० मिनेटमा पार गरेका थिए।
आज छोरा १ घन्टा १० मिनेटमा पनि कारबाट किल्निक आउन सकेको थिएन ।
डाक्टरले कसोकसो साउजिलाई देख्नुभयो, उहाँलाई भित्र लिएर जानुभयो र उपचार गर्न थाल्नुभयो तबसम्म छोरा पनि पुग्यो डाक्टर अंकल ले भन्नुभयो: बाबू ब्लड धेरै बगेको छ एड्मिट गर्दिन्छु ठिक हुन्छ।
छोराले भन्यो: अंकल केही भएको छैन साधारण चोट हो तपाईंले ड्रेसिङ गर्दिनुस २-४ दिनमा निको भैहाल्छ।
डाक्टरले भन्नुभयो: ठिक छ केहि औसधि लेखिदिन्छु थोरै महंगो छ तर छिटै नै निको हुन्छ ।
छोराले भन्यो: डाक्टर अंकल ठिक छ ४-५ दिन ढिलो नै निको होस , यति महंगो औसधिको आवश्यक पर्दैन । ठिक छ म अहिले जान्छु पसलमा पनि कोही छैन ।
छोराको मुखबाट यो सुन्ने बित्तिकै डाक्टर अंकलको धैर्यताको बाँध फुट्यो, र ४० बर्ष अगाडिको कुराहरु सबै सुनाइदिनुभयो ।
छोराको आँखामा टिलपिल आँसु भयो, उसको आँखाबाट आँसु बग्न थाल्यो.. छोरालाई धेरै पश्चाताप भयो ।
तेतिबेलै बुहारीको फोन आयो, यति महंगो कार्पेट रगत्ताम्य भएर बिग्रीयो के गरौँ?
कार्पेट नै त बिग्रीएको हो नि..
नयाँ आउँछ ,
तिमिले पलंगमा नयाँ डस्ना र तन्ना ओछ्याइदेउ म बुबालाई लिएर आउँदैछु…
साउजीको आँखामा टिलपिल आँसु आएको थियो
तर यो खुशिको आँसु थियो ,
घाउको दुखाइ हराएको थियो
यो आफ्नोपनले सबै बिर्साइदियो ।
अब त मृत्यु लिन आएपनी जानको लागि मन्जुर थिएँ ।
साथिहरु समाजको बास्तबिकता यही हो
आजभोलि हामी भित्र रहेको मानवता मरिसकेको छ ।
आमाबुबा एक्लो जिबन बाचिरहेका छन्
र
छोरा सफलता र सम्पन्नताको आडमा
पश्चिमा सभ्यतामा हराएर सबैकुरा बिर्सिसकेको छ ।
? सम्पुर्ण आमाबुबा हरुले आफ्नो छोराछोरीलाई यो पोस्ट पढेर सुनाउनुहोस् , सुनाउन सम्भव छैन भने फेसबुकमा सेयर गरेर राख्न सक्नुहुन्छ । ।
********
साथिहरु आजको पोस्ट कस्तो लाग्यो…
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवा
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।